फागुन ६, काठमाण्डाैँ ।
नेपाल कम्युनिष्ट पार्टीले अाज प्रकाउ परेका केन्द्रिय नेता सहित कार्यकर्ताहलार्इ नछाेडे फागुन ८ गते नेपाल बन्द हुने चेतावनी दिएकाे छ ।
पार्टीका महासचिव विप्लवले शान्तिपूर्ण कार्यक्रममाथि हस्तक्षेप गर्न निर्देशन दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट नामबाट सरकारमा पुगेर पाखण्डी एवं दमनकारी चरित्रलाई नांगो बनाइदिएको बताएका छन् ।
पार्टीका स्थायी समिति सदस्य सुदर्शन, पिविएम पदम राइ लगायतका कार्यकर्ता युवा जनस्वयम सेवकको शान्तीपुर्ण कार्यक्रमबाट पक्राउ परेपछि महासचिव विप्लवले अाज विज्ञप्ती मार्फत यस्तो जनाएका हुन ।
विज्ञप्तीमा भनिएकाे छ- ‘चार दिन अघि मात्र गठन भएको सरकारले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ । अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं ।’
सरकारले आफुहरुको आग्रह वेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने विज्ञप्ती मार्फत जानकारी दिएइको छ ।
हेर्नुहाेस् विज्ञप्ती