• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

प्रहरी धरपकड र गिरफ्तारबिच जनस्वयंसेवकको बन्दसत्र सुरु, सरकारी अातंकले यात्रा नराेकिने उद्घाेष


फागुन ६, सुनसरी ।

प्रहरी धरपकड र गिरफ्तारी बीच राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलनको बन्दसत्र सुरु भएको छ । शान्‍तिपूर्ण कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेपछि पूर्व निर्धारित समय र ठाउँमा सम्मेलन सुरु हुन सकेन ।

नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन जनस्वय‌ंसेवकको सम्मेलन उद्घाटनको लागि विराटनगर पुगेका पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित पोलिट्ब्यूरो सदस्य पदम ईलगायतका नेतााहरुलाई गिरफ्तार गरेपछि कार्यक्रम प्रभावित भएको थियो । विभिन्‍न जिल्लाहरुबाट विराटनगर पुगेका प्रतिनिधिसहित २ सय नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
सुनसरको इटहरीमा अाइतबार अबेर पार्टीका पूर्वी केन्द्रीय कमाण्ड इन्चार्ज अनिल शर्माले सम्मेलनको उद्घाटन गरेका थिए । सम्मेलनको बन्दसत्र सुरु भएको छ ।

यसैबीच धरपडक र गिरफ्तारीविरुद्ध पार्टी महासचिव विप्लवले अाइतबार साँझ विज्ञप्ति निकालेर अापत्ति जनाएका छन‍् । उनले ओली सरकारको जनविरोधी कार्य सुरु गरेको बताएका छन् । विप्लवले प्रधानमन्त्री ओलीलाई सामाजिक दलाल भन्दै शान्तिपूर्ण कार्यक्रममाथिको हस्तक्षेपले राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको बताए ।

अाइतबार मोरङको विराटनगरमा पार्टी निकट युवा संगठनको राष्ट्रिय सम्मेलनमाथि प्रहरीलाई हस्‍तक्षेप गर्न लगाएको भन्दै विप्लव प्रधानमन्त्री ओलीप्रति अाक्रामक बनेका छन् । ‘विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ ।

यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको छ’ अाइतबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ । विप्लवले ओली सरकारको दिनगन्ती सुरु भएको बताएको समेत बताएका छन् ।

महासचिव विप्लवले घटनाको घोर भत्सर्ना गर्दै गिरफ्तार गरिएका पार्टीका स्थायी समित समिति सदस्य हेमन्त प्रकाश ओली, पोलिट्ब्यूरो सदस्यसहित सम्पूर्ण नेता-कार्यकर्ताहरुको रिहाइको गर्न अाग्रह समेत गरेका छन‍् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ६ गते आइतवार