• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

पश्चिम सल्यानमा अटो भित्रिए पछि आवत जावतमा सहजता


दुर्गा वि.सी.
फागुन ७, सल्यान ।
बन्गाड कुपिण्डेको सदरमुकाम सल्लीवजारमा पछिल्लो समय दर्जन वढि अटो भित्रिएका छन् ।

सल्लीवजारमा अटो आएसँगै वजारमा आवत जावतमा सजिलो हुन थालेको छ । अटोले वजारमा किनमेल गर्ने र अफ्ठेरो अवस्थामा विरामीलाई अस्पताल सम्म लैजना समेत सहयोगि वनेको छ । अटो आए पछि स्थानीयलाई निक्कै सुविधा थपिएको छ । अटो भित्रियो तर ग्रामिण सडकमा स्तर उन्नती नहुदाँ अटो सञ्चालकलाई समस्या भएको छ ।

कच्ची बाटाहरुमा अटोबाट सवारी आवत जावत गर्न खतरा देखिन्छ । सामान्य नजिकको दुरी तथा बन्गाड कुपिण्डे नगरपालीका र सिम्ता गाउँपालीकाका स्थानीयलाई जति सुकै समयमा भए पनि सुविधा दिने भएकोले स्थानीय अटोलाई भरपर्दो सुविधाका रुपमा लिन थालेका छन् । सल्लीवजारमा अटो व्यवसायीहरुको संगठन समेत निमार्ण गरिएको छ । अटो विक्रेता कीरण अटो पार्टसका सञ्चालक किरण पाण्डेको अध्यक्षतामा अटो व्यवसायीले समिती गठन गरेका छन् ।

अटोलाई व्यवस्थीत र नितीगतढँगले सञ्चालन नगर्दा भाडामा समेत स्थानीयले एकरुपता कायम गर्न माग गरेका छन् । स्थानीयका अनुसार २ किमी बाटोको दुरीमा समेत १ सय रुपैयाँ भाडा लिदाँ नागरिकलाई मार परेको वताएको छ । अटोले सिम्ता क्षेत्र र सल्लीवजारका आसपासका क्षेत्रमा आवत जावतमा सुविधा दिएको छ । सल्लीवजार देखि अाँमखोली,सुर्खेत राकम,जामुने वजार,वालुवासँग्रहि,ढोरपिपल लगाएतका क्षेत्रमा विशेष रुट कायम गरि सञ्चालन गरिएको छ ।

नगरका धेरै ग्रामिण वस्ती र मुख्य सडकहरु स्तरउन्नती नहुदाँ व्यवसायीमा समेत खासै उपलव्धी नभएको अटो सञ्चालकहरुको गुनासो छ । कच्ची सडकहरुमा दैनिक दिन गुडाउनु पर्दा इन्जीनमा ठुलो असर पार्ने भएकाले भाडा चर्को लिनु परेको उनिहरुको गुनासो छ ।

संकेतिक तस्विर फाइल 

प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते सोमवार