• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

पूर्ण बहादुर खत्रीले छाेडेपछि शारदा यातायातको प्रालिको अध्यक्षमा शंकरदेव खड्का


फागुन ७, सल्यान।
चार महिना अघिदेखि जिल्लामा यातायात सेवा दिइरहेको शारदा यातायात सेवा प्रालिले नयाँ नेतृत्व पाएको छ ।

कम्पनी रजिष्टारको कार्यालयमा मिति २०७३ साल पुसमा दर्ता भएको प्रा लि को यहि फाल्गुन २ दिनसम्म चलेको सञ्चालक समितिको बैठकले प्रालिका वरिष्ठ सल्लाहकार श्री शंकरदेव खड्कालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। प्रालिका संस्थापक अध्यक्ष पूर्ण बहादुर खत्रीको स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य उपचारको लागि जानुपर्ने र आफ्नो स्वास्थ्य अवस्थाका कारण आफूले चाहे अनुरुपको समय दिन नसकेको र आफु सल्लाहकार मा रहेर सहयोग गर्ने बताएपछि नयाँ अध्यक्ष बनाइएको हो ।

सञ्चालक समितिले सस्थापक अध्यक्ष पूर्णबहादुर खत्री र दुर्गा प्रसाद जैसीलाई सल्लाहकारमा चयन गरी अध्यक्षमा खड्कालाई सर्वसम्मत चयन गरेको हो।  साथै सञ्चालक समितिले अन्य पद पनि हेरफेर गरेको छ। जसको उपाध्यक्षमा कर्णबहादुर बस्नेत, महासचिवमा तिलक बोहरा, सचिवमा गोविन्द वली, कोषाध्यक्षमा धनबहादुर खत्री र सदस्यहरुमा नारायणी योगी, कुमार डाँगी, पोखर सिंह र ललित योगी गरि ९ सदस्यीय सञ्चालक समिति गठन गरेको छ ।

पछि २ जना सदस्य थप गरि ११ सदस्यीय संचालक समिती बनाउने प्रालिका सचिव गोविन्द वलीले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते सोमवार