सरिता चलाउने
फागुन ७, सल्यान
सल्यानमा १० वटा स्थानीय तहका जनप्रतिनिधीहरुका लागी दिगो बिकास शुसासन प्रबद्धन र खाध्य अधिकार सम्बन्धि ३ दिने कार्याशाला गोष्टी आज बाट सल्यानको बरलामा सुरु भएको छ ।
जिल्ला समन्वय समिती सल्यानको आयोजना तथा हरप्लेस सल्यानको समन्वय सहजीकरण र आर आर एनको सहयोगमा कार्याशाला गोष्टी सुरु भएको हो । आज बाट सुरु भएको कार्यक्रममा नेपालको शासन प्रणाली, स्थानीय तह र स्थानीय तहका काम, कर्तब्य र अधिकारबारे स्थानीय सरकार संचालन सम्बन्धी ब्यबहारिक दक्षता, स्रोतसाधनको परिचालन, नियमित कार्यसम्पादन, सकरात्मक सोँच लगायतका बिषयबस्तुमा जानकारी गराईने बताईएको छ ।
स्थानीय निर्बाचन भएपछि पहिलेको भन्दा अहिले काम गर्ने तौर तरीका फरक भएकाले बिकास निर्माणका काम कसरी गर्ने, खाध्य अधिकार सम्बन्धी पनि जानकारी गराईने जिल्ला समन्वय समितीका प्रमुख केस बहादुर बिष्टले बताए । कायशाला गोष्ठीले जनप्रतिनिधीहरुलाई शुसासन प्रबद्धनमा ध्यान केन्द्रित गर्ने, सेवा प्रर्बाह सम्बन्धी शुसासन, आर्थिक र समृद्धीको लागी ब्यवस्थीत कसरी गर्न सकिन्छ भन्ने जस्ता कुरामा सहयोग पुग्ने बिष्टले बताए ।
अहिले स्थानीय तहमा हुने काम कर्तब्यमा भैरहेको जटिलतालाई कम गर्ने र समस्यालाई सहजीकरण गरेर नयाँ योजना कोर्नमा सहयोग पु¥याउनको लागी पनि गोष्टी सञ्चालन गरिएको जिल्ला समन्वय समितीका उपप्रमुख हरी प्रसाद वलीले बताए । अहिले जनप्रतिनीधिहरु आफनो अधिकार के हो भनेर दुबिधा भएकाले यस्ता कार्यशाले गोष्टीले सहज हुने प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमेरेले बताए ।
जिल्लामा जनप्रतिनिधीहरुका लागी यो कार्यक्रम पहिलो भएकाले यस बाट धेरै कुरा सिक्नमा सहयोग हुने घिमेरेले बताए । ३ दिन सम्म सञ्चालन हुने कार्यक्रममा पारस्पारीक जवाबदेहिता परियोजा मित्र समाज नेपान काठमान्डौका गोबिन्द पौडेल र कर्ण बहादुर नेपालीले प्रशिक्षण दिने हरप्लेस सल्यानका दिपेन्द्र शाहीले बताएका छन् । कार्यक्रममा सल्यानका १० जटै स्थानीय तहका जनप्रतिनीहरुको उपस्थीति रहेको छ ।