फागुन ७, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीले भोलिको लागि आह्वान गरेको नेपाल बन्दलार्इ नेकपा माओवादी केन्द्रले समर्थन गर्ने भएकाे छ ।
माअाेवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक गोपाल किरातीले बन्दकाे समर्थन गर्ने बताएका छन् । नेकपा निकट युवा संठनको राष्ट्रिय सम्मेलनमा प्रहरीले हस्तक्षेप गरी नेता कार्यकर्ताको गिरफ्तारी गरेकाे विरुद्धमा नेकपाले भाेली नेपाल बन्दको आह्वान गरेपछि किरातीले विराटनगर घटना देशभक्त–वामपन्थी शक्तिमाथिको राज्य आतंक भएको बताउँदै बन्दको समर्थन गरेका हुन् ।
किरातीले भनेका छन्- “कुनैपनि देशभक्त र वामपन्थी शक्तिविरुद्धको राज्य आतंकको नजर अन्दाज गर्न सकिदैन । विराटनगर घटना वामपन्थी शक्तिमाथिकै आक्रमण हो । यसको विरोधमा नेकपाले आयोजना गरेको भोलि (मंगलबार) आयोजना गरेको नेपाल बन्दप्रति हाम्रो एक्येवद्धता छ ।” शान्तिपूर्ण कार्यक्रममाथि केपी ओली नेतृत्वको सरकारले हस्तक्षेप गर्नु राज्यआतंक भएको बताउँदै किरातीले माओवादी केन्द्र केन्द्रीय महाधिवेशन समूहकासम्पूर्ण नेता–कार्यकतालाई नेपाल बन्द सफल पार्न आह्वान समेत गरेका छन् ।
त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेकपाका नेता कार्यक्रतालार्इ अाेली सरकारले गिरफ्तार गरेको प्रति आपत्ति जनाएका छन् । अाज विज्ञप्ति जारी गर्दै बैद्यले राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलन बिथोल्न नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोप्रति निन्दा एंव भ्रत्सना गरेका छन् ।
सरकारद्वारा शान्तिपुर्णरुपमा हुन लागेको आन्तरिक सम्मेलनमा सहभागी नेता कार्यकर्तालाई गिरफ्तार गरेर फासिवादी चरित्र प्रस्तुत गरेको बताइएको छ ।
बैद्यले कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा गरिएको ज्यादतीको बिरोध गर्दै सरकारद्वारा गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइको लागि सरकारसंग जोडदार माग गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादीकाे विज्ञप्ती यस्ताे छ ।