काठमाडौं : नामिवियामा हालै सम्पन्न आईसीसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख रुपैंयाले सम्मान गर्ने प्रधामन्त्री केपी शर्मा ओलीको घोषणा गरेका छन्।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगितामा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेर विश्वकप छनौटमा पुग्न सफल भएकोमा प्रधानमन्त्री निवास बालुवाटारमा एक समारोहको आयोजना गरी प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका छन्। मदन भण्डारी स्पोट्र्स एकेडेमीले पनि एक/एक लाख रुपैयाँ थप्ने जनाएको छ।