• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

बोका बली चढाएपछि मात्र प्रदेश ६ का मुख्यमन्त्रीले गरे सरकारीमा भवन प्रस्थान


फागुन ७, सुर्खेत । 

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालो बोका बली चढाएर सरकारी क्वार्टरमा सरेका छन् । मुख्यमन्त्री नियुक्त भएपछि होटलमा बस्दै आएका उनले कालो बोका ढालेर सरकारी क्वार्टरभित्र पस्ने साइत जुराएका हुन् ।

यसअघि क्षेत्रीय प्रशासक बस्दै आएको वीरेन्द्रनगरस्थित क्वार्टरमा आइतवार विहान बोका ढालेपछि उनी सरकारी क्वार्टरमै बस्न थालेका छन् । मुख्यमन्त्री बनेपछि शुक्रवार र शनिवार गरी दुईदिन होटलमा बसेका उनलाई आइतवार विहान मात्र सरकारी क्वार्टरमा बस्ने साइत जुरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कर्मचारीहरुले कालो बोकाको व्यवस्थापन र अन्य विधि पूरा गरेपछि मात्र मुख्यमन्त्री शाही सरकारी क्वार्टरमा सरेका हुन् । मुख्यमन्त्री क्वार्टरमा पस्नुअघि कालो बोका ढालिएपछि त्यहाँ पुगेका माओवादीका केही सांसद, नेता र कार्यकर्ताहरु आश्चर्यमा परेका छन् ।

बधाई तथा शुभकामना दिन पुगेका कार्यकर्ता र सर्वसाधारणहरु भने विगतमा धर्म निरपेक्षताको चर्को वकालत गरेको पार्टीको नेताले नै मुख्यमन्त्री बनेपछि कालो बोका बली चढाएर क्वार्टरमा सरेको भन्दै कानेखुसी गरिरहेका थिए ।

विज्ञानमा विश्वास गर्ने र अन्धविश्वासको विरोधमा युद्धको बेलामा मन्दीर नै भत्काउने बिचारबाट अगाडि बढेको नेताले बोका बली दिएको भन्दै मुख्यमन्त्री शाहीको पार्टीभित्रै आलोचना सुरु भएको छ । अधिकांश माओवादी कार्यकर्ता र सर्वसाधारणलेसमेत सामाजिक सञ्जालमा मुख्यमन्त्रीले कालो बोका बली दिएको विषयमा आलोचना गरेका छन् ।

देश धर्म निरपेक्ष बनिसकेको अवस्थामा विगतमा अन्धविश्वासको विरुद्ध हतियार उठाएको पार्टीका नेताहरुले कालो बोका ढालेर साइत निकाल्नु लजास्पद भएको माओवादी कार्यकर्ताहरुको भनाइ छ ।

यसअघि उर्जामन्त्री हुँदा दौरा र सुरुवालविना नै शपथ लिएका शाहीले मुख्यमन्त्रीको शपथ भने दौरा र सुरुवालमा सजिएर लिएका थिए । पछिल्लो समय कालो बोका चढाएर क्वार्टरमा बसाई सरेका तस्बिरहरु सार्वजनिक भएपछि पार्टीभित्रैका कार्यकर्ताबाट मुख्यमन्त्री शाहीको आलोचना भइरहेको छ । अन्नपुर्णबाट

प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते सोमवार