• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

रोल्पामा ट्रयाक्टर दुर्घटनाः २ जनाकाे मृत्यु, ९ घाइते


मनिषा राई
फागुन ७, रोल्पा ।

पुर्वी रोल्पाको लुङग्री गाउँपालिका–४ नम्जामा आज दिउसो ट्रयाक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

सुवर्णावती गाउँपालिका ३ रुइनीबाङबाट लुङग्री गाउँपालिकाको नम्जा जादैं गरेको लु. २ त ७९३० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लुङ्ग्री गाउँपालिका–४ नम्जाका अन्दाजि ४२ वर्षका नगेन्द्र रोका र सोही ठाउँकै १२ वर्षीय बालक दिपेन्द्र विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यलय सुलीचौरले जनाएको छ ।

सुनछहरी गाउपालिका हाल रुइनिवाङ निवासि मोनिराम बुढाथोकिको ट्याक्टर दुर्घटना हुदा लुङग्री गाउपालिका निबासि खिमलाल बानिया, लेवसरा बिष्ट, निशा बिष्ट गम्भिर घाइते भएका छने भने सोहि ठाउ निवासि खुमा बिष्ट, डोर बहादुर बिष्ट, कमला जिएम, लेमन रोका, प्रेम बहादुर घर्तीमगर सामान्य घाइते भएका छन् ।

घाइतेहरुको प्राथमिक स्वास्थ केन्द सुलीचौरमा उपचार सम्भाव नभएपछि थप उपचारको लागि नेपालगंंज मेडिकल कलेज कोहलपुरमा रिफर गरीएको छ ।

मृतक दुइजनाको शवलाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ केन्द्रमा राखिएको छ । भोली पोष्टमार्टम गरीने सुवर्णावती गाउँपालिका ४ का वडाध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर व्यवस्थापन समितिका अध्यक्ष गञ्ज क्षेत्रीले जानकारी दिए ।

चालक फरार रहेकाले दुर्घटना हुनुको कारण खुल्न नसकेको तर पनि साघुरो बाटोको कारण हुनसक्ने अनुमान प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ७ गते सोमवार