• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

अालोपालो नहुनेगरी एमाले-माअाेवादी एकताः चार नम्बर बुँदा माअाेवादीलार्इ निकै घातक


फानुन ८, काठमाडौं ।

सोमबार मध्यरात बालुवाटारमा सहमति पत्रमा दुर्इदलका नेताले हस्ताक्षर गरेपछि  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको छ । तर माओवादी केन्द्रको लागि बुँदा नम्बर ४ निकै घातक सावित हुनेछ । त्यसमा एमालेले अपनाउँदै अाएको जबजले स्थापित गरेका मान्यतालाई उल्लेख गरिएको छ भने माओवादीले मान्दै अाएको माओवाद, जनयुद्ध र २१ औं शताब्दीको जनवाद दुबै उल्लेख छैन । यो बुँदाले नै प्रष्ट भएको छ की एमालेले माओवादी जनयुद्धले स्थापित गरेका राजनीतिक मूल्य र परिवर्तनलाई स्वीकार गरेको छैन ।

सहमति पत्रमा जनयुद्ध भन्‍ने शब्द समेत उल्लेख छैन । यसले माकेको एमालेमा विलय भएको भन्न सकिन्छ । अब यही चार बुँदाको अाधारमा पार्टी अगाडि बढ्नेछ ।

यस्तो छ चार नम्बर बुँदा – नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

साेमबार विहान प्रधानमन्त्री तथा एमाले अध्‍यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डबीच गोप्य वार्ता भएको थियो । दुबै अध्यक्षबीच भएको सहमतिलाई साँझ एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको हो ।

यसअघि नेतृत्वको अालोपालोबारे सात बुँदे सहमति पत्रको कुनै बुँदामा उल्लेख छैन । नेतृत्व अालोपालो अब नहुने भएको छ ।

यस्ताे छ सहमति पत्र

 

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार