• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा पसलबाट मोबाईल चोर्ने यी ४ बालक नक्कली नोट सहित पक्राउ


फागुन ८, दाङ ।

गएराति दाङमा एक पसलमा चोरी भएको छ ।

घोराही मिलनचोक स्थित नरेश थापाले संचालन गर्दै आएकाे  ‘द थापा मोबाइल सेन्टर’मा चोरी भएको बताइएकाे छ । पसलबाट  ताला फोडेर करिब २ लाख बराबरको मोबाइल र सामानहरु चोरी भएको प्रहरीले बताएको छ ।

चोरी भए लगतै प्रहरी सहायक निरीक्षक मानबहादुर महराको नेतृत्वमा गएको प्रहरी टोलीले नक्कली नोट सहित चोरी गरिएका मोबाइलको साथमा ४ जना बालकहरुलाई पक्राउ गरेको छ । उनिहरुको साथबाट २ हजारका ८ वटा, ५ सयका ३ वटा, २ सयका २ वटा र ५० को एउटा वटा गरी १४ वटा नक्कली नोट फेला पारेको प्रहरीले बताएको छ ।

उनिहरुको साथबाट सामसुङको मोबाइल ३ थान, जिओनि १ थान, कलर्स २ थान, लाभा १ थान र लेनेभो १ थान गरी ८ थान मोबाइल र अन्य सामानहरु बरामत गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा घर भइ हाल नँया बसपार्क बस्ने बर्ष १३ को आकाश घर्ति, भालुबाङ घर भइ हाल पुरानो बसपार्क बस्ने बर्ष १२ को लक्ष्मण बिक, रोल्पा घर भई हाल नँया बसपार्क बस्ने बर्ष १२ को नारायण चन्द र रोल्पा थबाङ घर भई हाल पुरानो बसपार्क बस्ने बर्ष १२ को प्रमिसन बुढा रहेका छन ।

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार