लेकाली अनलाइन
फागुन ८, सल्यान ।
नेपाल कम्युनिस्ट पार्टीले अाज गरेकाे नेपाल बन्दका कारण विहानैदेखि सल्यानकाे जनजिवन प्रभावित बनेकाे छ । जिल्लामा संचालित शिक्षणसंस्था, बजार र छाेटाे तथा लामाे दुरीका सवारी साधनहरु पुर्ण ठप्प भएका छन् ।
त्यस्तै बन्द गर्दै हिडिकाे भन्दै प्रहरीले कपुरकाेटबाट दुर्इ जना विप्लपका कार्यकर्तालार्इ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नारायण वली र निरज क्षेत्री रहेकाे र्इलाका प्रहरी कार्यालय कपुरकाेटका सर्इ धर्मराज भण्डारी जानकारी दिएका छन् । सर्इ भण्डारीले कपुरकाेटमा चिया पसल र हाेटेल बाहेक अरु सबै भन्द भएकाे बताएका छन् ।
उता नेकपा सल्यानका जिल्ला इन्चार्ज डिल्लीराज शर्मा विश्वले अाजकाे बन्द कडा पारिएकाे बताएका छन् उनले प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारी साधनलाई चल्न दिएकाे र अरु सबैलार्इ बन्द गरिएकाे बताएका छन् । बन्दलार्इ सबैले सहयाेग गरेकाे पनि नेता विश्वले बताएका छन् । उनले साँझ ५ बजेबाट बन्द खुन्ने बताएका छन्
आइतबार विराटनगर आयोजित युवाको राष्ट्रिय सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुलाई ओली सरकारले गिरफ्तार गरेको बिरोधमा नेकपाले अाज नेपाल बन्दको आयोजना गरेको हो ।