सम्भु कुमाल
फागुन ८, काठमाण्डौँ ।
नेपाल कुमाल समाज सुधार समिती ले यहीँ फाल्गुन २४ र २५ गते गोरखा को १० किलो कुन्दुरमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको आयोजना तिब्र गतिमा भइरहेको जनाएको छ।
यसअघि तयारी नपुगेको हुनाले फाल्गुन ४-५ गते गरिने भनेको कार्यक्रम लाई समय थप गरि २४-२५ गते गर्ने निर्णय भएको थियो। समितिको बिधान अनुरुप प्रतेक दुई वर्षमा राष्ट्रिय सम्मेलन एक पटक बोलाउनु पर्छ तर समितिको राष्ट्रिय सम्मेलन महाधिवेशनको वर्ष नहुने, राष्ट्रिय सम्मेलनमा प्रतेक जिल्लाबाट २-२ जना प्रतिनिधि र परिबेक्षक को रूपमा सहभागी गरिनेछ र सम्मेलनको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ । समितिको राष्ट्रिय सम्मेलनले समितिलाई आवस्यक निर्देशन दिने, प्रतिबेदन माथि छलफल गर्नेछ, बिगतमा भएका कामको लेखाजोखा र मुल्यांकन गर्ने, संस्थाको सुधार र विकासको निम्ति आवस्यक निर्णय गर्ने बेवास्ता रहेको छ। त्यस्तै अन्य वेबस्थापन गोरखा जिल्ला समितिले गर्ने जनाएको छ।
समितिले सम्पूर्ण भातृ संगठन, जिल्ला समिति, लगायत सम्पूर्ण समितिलाई सहभागीताको लागि प्रचारप्रसार भइसकेको जनाएको छ। समितिले यस सम्मेलनलाई एकता राष्ट्रिय सम्मेलन को नाम दिएको छ र लामो समयदेखि विवादास्पद रहेको कुमाल समाज को एकता प्रमुख एजेन्डामा सारिएको जनाएको छ।
बिबादास्पद अन्य समितिलाई पनि पत्राचार गरि सम्मेलनमा सहभागी भइ बार्ता र छलफलबाट एकता को आबहान गरेको छ।