फागुन ८, दाङ ।
दाङमा एक व्यक्तिले आफ्नै घाँटि अाफैले रेटेर गम्भीर घाईते भएका छन ।
जिल्लाकाे शान्तीनगर गांउपालिका -३ बाघखोर निबासि बर्ष २४ का भुपेश थापाले आज विहान अाफ्नै घाँटी रेटेर जंगलतर्फ भागेपछि प्रहरीले खाेजेर अस्पताल पुर्याएकाे छ । मानसिक सन्तुलन ठिक नभएका थापाले हसीयाले घाटि रेटेर जंगल भागेका थिए । जंगल भागेका थापालाई प्रहरीले उपचारका लागि अञ्चल अस्पतालमा ल्याएको डिएसपी प्रकाश सापकोटाले बताए ।
तुलसीपुर १ छोटेमा मामाघर बस्दै आएका उनले घाटिको अगाडी र पछाडि रेटेका थिए । उनलाई थप उपचारका लागी नेपालगञ्ज रीफर गर्ने तयारी भैरहेको डिएसपी सापकोटाले बताएका छन् ।