• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

एमाले सँग पार्टी एकता गरेकाे २४ घण्टा नबित्दै माअाेवादी फुट्याे, माअाेवादी पुनर्गठन हुने


फागुन ८, काठमाडौं ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको लिखित सहमति भएको २४ घण्टा माओवादी केन्द्रबाट विराेध सुरु भएकाे छ ।

माअाेवादी केन्द्रका नेता गोपाल किरातीले एमाले-माअाेवादी एकताको बिरोध गरेका हुन् । उनले पार्टी एकतामा नजाने नेताहरु नेकपा माओवादी केन्द्र महाधिवेशन समुह गठन गरेर महाधिवेशनमा जाने समेत बताएका छन् ।

आज एक विज्ञप्ति सार्वजानिक गर्दै नेता किरातीले जनयुद्ध शहिदहरुको अपमान हने गरि प्रचण्डले माओवादी आन्दोलनको बिघठन गरेको आरोप लगाएका छन् ।

‘महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनिद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु’, उनले भनेका छन् ‘मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवं पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा माओवादी केन्द्र पुनर्गठन गरि अघि बढ्न बिशेष आव्हान गर्दछु ।’

नेता किरातीले सुरु देखिनै एकता प्रयासको बिरोध गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार