• २०७७ असोज ५ गते सोमवार
  • Preeti To Unicode

पार्टी एकता भएकै राति जनार्दन शर्मालाई १०३ डिग्रीको ज्वरो, अस्पताल भर्ना


फागुन ८, काठमाडौं ।

पार्टी एकता भएकाे रातमै माअाेवादी नेता जनार्दन शर्मालार्इ ज्वराे अाएकाे छ ।

एमाले-माअाेवादी केन्द्रबिचपार्टी एकताकाे लागी सुरुवाती चरणमा भूमिका खेलेका माओवादी केन्द्रका शर्मा एकताकाे अाैपचारी घाेषनाकाे अन्तिम चरणमा अाएकाे बेला  अहिले विरामी परेका छन् । एमाले र माके एकता भएकै रात उनको स्वास्थ्यमा समस्य देखिएको थियो ।

नेता शर्मालाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरएको छ । पारिवारिक स्रोतका अनुसार सोमबार स्वास्थ्यमा केही समस्य देखिएको र राति एकाएक ज्वरो अाएको थियो । डाक्टरका अनुसार शर्मालार्इ १०३ डिग्रीको ज्वराे अाएकाे छ ।

नेता शर्मालाई भेट्‍न अाज विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अस्पताल पुगेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार