फागुन ८, चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली नै पाँच बर्षे प्रधानमन्त्री बन्ने बताएका छन् ।
मंगलबार गृहजिल्ला चितवन पुगेर प्रचण्डले यसबारे डकुमेन्टेसन नगर्ने र सार्वजनिक रुपमा नबाल्ने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको समेत बताए । उनले भने, ‘अहिलेलाई कमरेड केपी ओली नै पाँचै बर्षका लागि प्रधानमन्त्री ।
अाेलि र प्रचण्डले ओलापालो प्रधानमन्त्रीको चलाउने गरी नेकपा एमाले सँग भएकाे भनिएको सहमतिकाे बारे भित्री रहस्य खाेल्दै उनले ली नै पाँच बर्षे प्रधानमन्त्री बन्ने एमाले र माओवादीको एकता गरेर डेढ, दुई वर्षभित्र महाधिवेशन गर्ने योजना रहेको बताए । प्रचण्डले भने, ‘महाधिवेशनका लागि ५ वर्ष कुर्ने समय छैन । डेढ/दुई वर्षमा महाधिवेशन गर्छौ ।’
तर यसअघि एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।