फागुन ८, सल्यान ।
बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा प्रहरीले स्कटिङ गरेकाे गाडीमा प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् ।
काठमाण्डाैँबाट रुकुम जाँदै गरेकाे यात्रुबहाक बसलार्इ राप्ती राजमार्ग अन्तरगत जलेखर्क बजार नजिकै बन्दकर्ताले ताेडफाेड गरेका हुन् । बाँङगेलाखुरीबाट प्रहरीले स्कटिङ गरेर लगेकाे अबस्थामा रात्री बसलार्इ ताेडफाेट भएकाे स्थानियले बताएका छन् । प्रत्यक्ष दर्शीका अनुसार गाडीकाे सिसा फुटेकाे बताइएकाे छ ।
यता र्इलाका प्रहरी कार्यालय बाँगेलाखुरीले बसमा सामान्य ताेडफाेड भएकाे बताएकाे छ । अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएकाे छ । घटना स्थलमा रहेकाे प्रहरीकाे फाेन उठेकाे छैन् । देशभरी जस्तै सल्यानमा पनी अाज बजार, कलकारखाना, यातायात, शैक्षिक संस्था रहेका छन् ।
त्यस्तै बन्द गर्दै हिडिकाे भन्दै प्रहरीले कपुरकाेटबाट दुर्इ जना विप्लपका कार्यकर्तालार्इ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नारायण वली र निरज क्षेत्री रहेकाे र्इलाका प्रहरी कार्यालय कपुरकाेटका सर्इ धर्मराज भण्डारी जानकारी दिएका छन् । सर्इ भण्डारीले कपुरकाेटमा चिया पसल र हाेटेल बाहेक अरु सबै बन्द भएकाे बताएका छन् । संकेतिक फाेटाे फाइल