• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा सवारी दुर्घटनामा परि १८ को जनाको मृत्यु


मिना बुढाथोकी
फागुन ८, सल्यान ।
सल्यानमा चालु आर्थिक वर्षको सात महिनामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेको सख्या १८ पुगेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार सात महिनाको अवधिमा विभिन्न सवारी साधन दुर्घटना हुँदा १८ जनाको ज्यान गएको हो ।

चालु आ.व को साउन महिनादेखि माघ मसान्तसम्म विभिन्न सवारी साधन, बस, ट्रक, जीप, मोटरसाइकल, ट्याक्टर दुर्घटना हुँदा १८ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख गोपाल शर्माले जानकारी दिए ।

बढ्दो सवारी साधनको चाप, साँघुरो मोड र सडक, ड्राइभरको लापरवार्ही, ट्राफिक नियमको सचेतनाको अभाव लगायतका कारण सवारी दुर्घटना दिनप्रतिदिन बढ्दै गईरहेको शर्माले बताए ।
उनले भने –‘विगतका वर्षहरुको तुलनामा सवारी दुर्घटना दिनप्रतिदिन बढि रहेका छन् , विगतका वर्षहरुको तुलनामा सवारी साधनको चाप बढि रहेको छ भने चाप अनुसारको सडकको विस्तार पनि हुन सकिरहेको छैन जसका कारण दुर्घटना बढ्दै गईरहेको छ ।’

सात महिनाको बिचमा ४ बस, २ ट्रक, ३ जीप, ५ मोटरसाइकल र ४ ट्याक्टर दुर्घटना भएको शर्माको भनाई रहेको छ ।

सवारी दुर्घटना न्युनिकरणका लागि गाडी चालक, सहचालक र यात्रुहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना समेत दिदै आइरहेको शर्माले बताए ।

यस्ता छन् पछिल्लाे समय लेकाली अनलाइनमा प्रकाशित सल्यान दुर्घटनाका समाचारहरु 

फेरि सल्यानमा बिहानै दुर्घटनाः दुर्इअाेटा गाडी एकआपसमा ठोक्किए

 

सल्यानमा बिहानै दुर्घटनाः नगरपालीकाको गाडी सँग अर्काे गाडी ठोकियो

सल्यानमा गाडी दुर्घटना हुदाँ दुर्इ जनाकाे मृत्यु

सल्यानमा मिनि ट्रकले मोटरसाइकललार्इ ठक्कर दिदा २ काे मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते

सल्यानमा ३ जनाको ज्यान र ३८ जना घाईते हुनेगरी भएकाे दुर्घटना यस्ताे छ ? (भिडियाे सहित)

सल्यानमा बस दुर्घटनामा परी ३ को ज्यान गयो, ३८ घाईते । नामावाली सहित बिस्तृतमा

सल्यानमा बस दुर्घटनाः ३ काे मृत्यु, ३० जना भन्दा बढी घाईते

सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाकाे मृत्यु

चालकले मदिरा सेवन गरी जाजरकोट बाट सल्यान गाडी ल्याउदा ३ ठाँउमा मानिस र गाडीलार्इ ठक्कर, ट्राफिक प्रहरी मुकदर्शक

सल्यानमा जिप दुर्घटना ६ जना घार्इते 

सल्यानमा गाडी पल्टीदा १४ जना भन्दा बढी घाइते, केहि गम्भीर

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार