फागुन ८, काठमाडौं ।
माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले विप्लव र वैद्यसँग मिलेर आफूहरुले माओवादी पार्टी निर्माण गरेर क्रान्तिकारी धारको नेतृत्व गर्ने बताएका छन् । अब माअाेवादी एक हुने बाटाे खुलेकाे बताउदै उनले प्रचण्ड माअाेवादीमा हुदाँ पार्टी टुक्रा परेकाे भन्दै प्रचण्ड एमालेमा गएपछि माअाेवादी एक हुने बाटाे खुलेकाे बताएका छन् ।
एमालेसँग पार्टी एकतापछिको पहिलो प्रतिक्रियामा नेता बिष्टले ओली र प्रचण्डको पार्टीमा नजाने भन्दै क्रान्तिकारी माओवादी धारलाई संगठित बनाउने बताएका छन् । अब नेपालमा कम्युनिस्टका दुई धार प्रष्ट भएको बताउँदै नेता विष्टले संशोधनवादी धारको नेतृत्व ओली–प्रचण्डले गर्ने बताए । उनले विप्लव र वैद्यसँग मिलेर आफूहरुले माओवादी पार्टी निर्माण गरेर क्रान्तिकारी धारको नेतृत्व गर्ने दाबी गरे । पार्टी निमार्णमा लाग्ने भन्दै नेता विष्टले आफू, आहुती र गोपाल किरातीले माओवादी केन्द्र पुर्नगठन गर्ने बताएका छन् ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको औपचारीक रुपमा बिर्सजन भएको बताउँदै नेता विष्टले प्रचण्ड र उनले नेतृत्व गरेको माओवादी केन्द्रको दुःखद् अबसान भएको बताए । उनले एमाले–माकेको एकतापछि बन्ने पार्टी कम्युनिष्ट नभएर सोसल डेमोक्रयाट पार्टी भएको तर्क गरे । नेता विष्टले प्रचण्ड एमाले प्रवेश गरेको बताउँदै अब माओवादीहरुबीच एकता हुन सहज भएको बताए । “यसले अहिलेसम्म रहेको भ्रमको अन्त्य भएको छ ।”
अाेली-प्रचण्डकाे एकतालाई दुई तरिकाबाट हर्नुपर्ने भन्दै बिष्टले पहिलो एमाले र माओवादी केन्द्र वैचारीक रुपमा फरक थिएनन् भन्ने कुरा प्रमाणित भएको बताएका छन्। उनले भने-”यीनीहरुमा तात्वीक भिन्नता थिएन । जुन अब आम जनतालाई पनि प्रष्ट भयो ।”