• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

बिरामी बचाउन प्रधानमन्त्री अाेलीले यस्ताे ठाउँमा पठाए जहाज


फागुन ८, बाजुरा । 

बाजुरा जिल्लाको दुर्गम गाउँपालिका गौमुल–४ की धर्मा रोकायाको ज्यान बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जहाज नै चार्टर गरेर पठाएका छन्। नेपालगञ्जमा उपचार गराईरहेकी ४० वर्षकी रोकायाको थप उपचारका लागि काठमाडौं ल्याउनुपर्ने भएपछि ओलीले जहाज चार्टर गरेर पठाएका हुन्।

गौमुल गाउँपालिका ४ का वडा अध्यक्ष वीरेन्द्र रोकायाकी श्रीमती धर्मा रोकाया घाँस काट्न गएको बेला भीबाट लडेर गम्भीर घाइते बनेकी थिइन्। सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरी जहाजमा विरामीलाई काठमाडौं लगिएको एमाले पोलिटब्यूरो सदस्य कर्णबहादुर थापाले जानकारी दिएका छन्। रोकाया गत फागुन ३ गते भीरबाट लडेर घाइते भएकी थिईन।

नेपालगञ्जमा उपचार सम्भव नहुने चिकित्सकले बताएपछि रोकायको परिवार समस्यामा परेको थियो। प्रधानमन्त्रीको उक्त निर्णय पछि रोकाया परिवार खुशी हुनुका साथै धर्माको ज्यान बाच्नेमा आशावादी देखिएका छन। संकेतिक तस्विर फाइल

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार