• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

नेपालबाट फुटबल प्रेमी भाग्यसालि ४० जनाले प्रत्यक्ष विश्वकप फुटबल हेर्न पाउने


काठमाडौँ। कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ।

कोकाकोला नेपालद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताए।
उनले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफरअन्तर्गत १२ हजार ६०० विजेताले फिफाको लोगो अंकित विशेष उपहारसमेत जित्न सक्ने बताए।

कोक खाम रसिया जाम भन्ने क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ। यस योजनामा कोकको पछाडि १० अंकको युनिक कोड राखिएको हुन्छ, जसलाई ३७७२२ मा एसएमएसमार्फत पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूरा गर्न सकिनेछ।

उक्त अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ। यसमा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र भाग लिन पाउने आयोजकको भनाइ रहेको छ।

प्रकाशित मिति : २०७४ फाल्गुन ८ गते मङ्गलवार