• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

काे हुन् मन्त्री भएका ज्वाला, यस्ताे छ जिवन संघर्ष


लेकाली अनलाइन
फागुन ८, सल्यान ।

सल्यान प्रदेशसभा (ख) बाट प्रदेश सांसद बनेका नेकपा एमालेका पाेलिटब्युराे सदस्य प्रकाश ज्वाला यतिखेर प्रदेश नम्बर ६ काे आर्थिक मामिला तथा योजना मन्त्री भएका छन् ।

यसअघि प्रतिनिधी सभाकाे सांसद बनेका ज्वाला याे पटक मुख्यमन्त्रीकाे दाविमा प्रदेश सांसदमा झरेका थिए । बाम गठबन्धनबाट उमेद्वारी दिएका उनले स्पष्ट बहुमतका साथ विजय पनि भएका थिए । सल्यान प्रदेशसभा (ख) बाट विजय भएका ज्वालाले १९ हजार ८ सय ३६ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी मानिएका नेपाली काग्रेशका डिल्ली रेग्मीलार्इ  ८ हजार २ सय ६ मतले हराउदै ज्वाला निर्वाचित भएका हुन् ।

वामगठबन्धनकाे केन्द्रिय निर्णयअनुसार प्रदेश नम्बर ६ मा मुख्यमन्त्री माअाेवादीकाे भागमा परेपछि ज्वालाले मुख्यमन्त्री पाउन सकेनन् ।अन्ततः मुख्यमन्त्रीमा अाेवादीका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । तर सल्यानबाट विजय भएका ज्वाला आर्थिक मामिला तथा योजना मन्त्री भएका छन् ।

प्रकाश ज्वालाकाे केही जिवन संघर्ष
वि.सं. २०२३ साल मंसिर १२ गते सल्यानमा जन्मिएका प्रकाश ज्वालाको खास नाम प्रकाशबहादुर बुढाथोकी हो। कानूनमा बिएल र शिक्षा संकायमा एमएसम्मको अध्ययन गरेका ज्वाला पञ्चायतविरोधी संघर्षमा सम्मिलित भएको आरोपमा तीन वर्ष जेल परेका थिए।

संविधानसभा सदस्य रहेका ज्वाला २०५१ को आम निर्वाचनमा नेकपा एमालेको तर्फबाट सल्यान क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए। उनी २०५६ को आम निर्वाचनाट नेकपा एमालेका तर्फबाट सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए।

२०६२/०६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका उनले विभिन्न संघ/संस्थामा रहेर काम गरेका छन्। अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्मको जिम्मेवारी लिएर लामो समय विद्यार्थी राजनीतिमा सक्रिय ज्वाला १० वर्ष नेकपा एमाले जिल्ला कमिटी सल्यानको सचिव बनेका थिए।

शान्ति प्रक्रियापछि अन्तरिम व्यवस्थापिका संसदको सदस्य भई प्रभावकारी भूमिका निभाएका उनले प्रतिनिधि सभा राज्य व्यवस्था तथा प्राकृतिक स्रोतसाधन समितिको सभापति भएर तत्कालीन राजा र दरबारको जग्गा जमिनलगायत सम्पत्ति छानबिनमा काम गरेका थिए।
ज्वाला एमाले पोलिटव्यूरो सदस्य, केन्द्रीय संगठन विभागका सदस्यसँगै राप्ती अञ्चल समन्वय कमिटी संयोजक हुन्।

 

प्रकाशित मिति : २०७४ फाल्गुन ९ गते बुधवार