• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

सिरियामा सरकारी सेनाकाे बमबारी, २५० सर्वसाधारणको मृत्यु


फागुन ९, काठमाडौं ।

सरकारी सेनाले दुई दिनदेखि लगातार गरेको बमबारीमा २ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।

केही दिनअघि अमेरिकाले सिरियामा अाक्रमण गरेपछि फेरि संघर्ष चर्केको छ । सरकारी सेनाले विद्रोही नियन्त्रित क्षेत्रमा हवाई हमला गरिरहेको छ । अमेरिकी सहयोगमा सरकारसँग लडिरहेका विद्रोहीहरुको पकड क्षेत्र सिरियाको पूर्वी क्षेत्र गुटामा  अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मृत्यु हुनेहरुमा ५० जनाभन्दा बढी बालबालिका रहेको बताइएको छ ।

सिरियाली सहायता संगठनका कार्यकर्ताहरुले सन् २०१३ भन्दा यता राजधानी दमास्कस नजिक भएको यो सबैभन्दा ठूलो आक्रमण भएको जनाएका छन् । संयुक्त राष्ट्र संघले यहाँको अवस्था नियन्त्रण बाहिर गइरहेको जनाएको छ । राष्ट्र संघले दुई दिनको आक्रमणमा ६ वटा अस्पताललाई निशाना बनाइएको दाबी गरेको छ ।

संयुक्त राष्ट्र संघका प्रवत्ता रियाल लेबलाङ्कले नागरिक, अस्पताल र विद्यालयमा लगातार भइरहेको हिंसाको निन्दा गरेका छन् । उनले सिरियामा मानवीय कानुनको चरम उल्लंघन भएको भन्दै सबै पक्षलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

सिरियाका सांसदहरुले भने चरमपन्थीमाथि नै हमला जारी राख्‍ने बताएका छन् । उनीहरुले आक्रमणमा नागरिकलाई निशाना नबनाइएको दाबी गरेका छन् । सरकारी सेनाले पूर्वी गुटालाई आतंकवादी समूहबाट मुक्त गर्ने प्रयास भइरहेको दाबी गरेको छ ।

राजधानी दमास्कस नजिक रहेको यो शहर विद्रोहीले कब्जामा लिएको अन्तिम शहर हो ।

प्रकाशित मिति : २०७४ फाल्गुन ९ गते बुधवार