फागुन ९, काठमाडौं ।
नवनियुक्त महान्यायाधिवक्ता अग्नि खरेलले एमाले पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका छन् ।
महान्यायाधिवक्ताको सपथ लिनुअघि खरेलले पार्टी कमिटीबाट राजीनामा दिएका हुन् ।
पूर्वकानुनमन्त्री समेत रहेका खरेल मंगलबार महान्यायाधिवक्ता नियुक्त भएका थिए ।