शंकर के सी,
फागुन ९, सल्यान ।
साविकको रीम र सिनवाङ गाविसको दुइ विद्यालयमा ट्राफिक प्रहरी सल्यानले सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले विहिबार विद्यालयमै गएर ट्राफिक नियमका बारेमा सचेत पारेको हो । सिनवाङमा रहेको भवानी माध्यामिक विद्यालय र रीम स्थीत जीवन ज्योती माविमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरिएको ट्राफिक प्रहरीका प्रहरी सहायक निरिक्षक जगदिश ऐरले बताए ।
विद्यार्थी मार्फत सचेतना फैलाउने हो भने त्यसले समाजमा राम्रो प्रभाव पार्ने र सवारि दुर्घटनामा कमी आउने उनले विश्वास गरे । खासगरि सडकमा कसरि बाटो काट्दा र कुन साइड बाट हिड्दा सुरक्षित भइन्छ भन्ने बारेमा विद्यार्थीलाइ जानकारि प्रदान गरिएको ऐरले बताए । विद्यालयमै ट्राफिक प्रहरी आएर विशेष कक्षा लिएकोमा खुसि व्यक्त गर्दै भवानी मावि छायाँनाथ, सिनवाङका प्रधानाध्यापक दल बहादुर खड्काले आपफुले सिकेका कुरा विद्यार्थीले ससाना भाइवहिनी र घरका अभिभावकलाइ पनि जानकारि गराउने विश्वास व्यक्त गरे ।
यस्तै जीवनज्योती मावि रीमका प्रधानाध्यापक भुपाल साहुले सडकमा कसरि हिड्ने, गाडी चढ्दा के कस्ता कुरामा ध्यान पुर्याउने जस्ता महत्वपूर्ण विषयमा विद्यार्थीलाइ प्रशिक्षण आवश्यक रहेकोमा जोड दिदै यस्ता कक्षाहरु नियमित सञ्चालनका लागी ट्राफिक प्रहरी संग समन्वय गरेर अघि बढ्ने बताए । दुइ विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीलाइ प्रशिक्षण प्रदान गरिएको थियो ।