• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सुचना टाँस गर्दै प्रदेश ६ को संसद बैठक स्थगित


फागुन ९ , काठमाडौं ।

अाजकाे लागि बोलाइएको प्रदेश ६ को संसद बैठक स्थगित भएको छ । सुचना टाँस गरी बैठक स्थगित गरिएको हो ।

तयारी पूरा नभएकाे कारण देखाउदै सूचना टाँस गरी फागुन १२ गतेका लागि बैठक स्थगित गरिएको छ ।अाजको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरु नियुक्तिबारे संसदमा जानकारी गराउने लगायतका कार्यसूची थियो ।

साथै प्रदेशको नाम र राजधानीबारे पनि छलफल गर्ने कार्यसूची राखिएको थियो । तर, संसद सचालन कार्यविधि नै नबनेकाले बैठक सञ्चालनमा अलमल हुने देखिएपछि सूचना टाँसेर स्थगित गरिएको स्रोतदले बताएको छ ।

सरकारले स्थायी मुकाम सुर्खेत तोकेको छ । अब प्रदेशसभाले स्थायी राजधानी तोक्नुका साथै नाम राख्नु पर्नेछ ।

सुर्खेत बाहेक जुम्लाले पनि राजधानी मागेको छ भने नाम भेरी-कर्णाली वा कर्णाली हुनु पर्ने सांसदहरुको आवाज छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन ९ गते बुधवार