• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

प्रदेश ६ मा एमाले संसदीय दलको प्रमुख सचेतकमा गुलाबजंग शाह


फागुन ९, सुर्खेत ।

नेकपा एमाले प्रदेश ६ को संसदीय दलको प्रमुख सचेतकमा गुलाबजंग शाह नियुक्त भएका छन्।

सल्यान प्रदेशसभा (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका शाहलाई संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको पार्टीका प्रदेशसभा संसदीय दलका नेता यामलाल कंडेलले संसद् सचिवालयमा जानकारी गराएका छन ।

शाह यसअघि प्रदेश ६ को मन्त्रिमण्डलमा एमालेको तर्फबाट आकांक्षी रहेका थिए। अन्य पदाधिकारी भने संसदीय दलको नियमावली निमार्ण भएपछि मात्रै चयन गरिने नेता कंडेलले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन ९ गते बुधवार