फाल्गुन ९, सल्यान ।
पहिले देखिनै छड्के ‘चेक’ जाँच गर्दै अाएका बागचौर नगरपालिका सल्यानका नगरप्रमुख प्रमुख लोकमान बुढाथाेकीले अाज पनि छड्के चेक जाँच गरेका छन् ।
आज गरिएकाे छड्के चेक नगरकाे वडा नम्बर ५ मा रहेकाे नगरको मुख्य व्यापारीक केन्द्र बांगेलाखुरी बजारमा परेकाे छ । चेकका क्रममा बागेलाखुरी बजार निकै दुर्घन्धित अवस्थामा रहेकाे देखिएकाे छ ।अनुगमन पछि बजारमा आयोजित अनौपचारिक भेलामा बजार व्यवस्थापन समितिको बिगठन गर्दै उनले २१औं शताब्दीमा फोहोरले के गर्छ भन्ने कुरा थाहा नपाउनु लज्जास्पद भएकाे बताएका छन् ।
उनले भने-”बजार समिति का काम र कर्तव्य भन्ने कुरा बुझ्न जरुरी छ, हरेक क्षेत्रमा चुनौति र सम्भावना छन्, यो ठाँउ पनि सम्भावना बोकेको ठाँउ हो त्यसैले यो बजार लाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने मेराे ठुलो ईच्छा र चाहना छ । ” उनले भने-शहीद रीगं रोड को केन्द्र पनि बागेलाखुरी नै रहेको छ , त्यसैले यसलाई व्यापारिक केन्द्र बनाउन सबै लाग्नुस् ”
अाजै भएकाे भेलामा बाँगेलाखुरी-सेताढाँड सडक खण्ड को ट्र्याक ‘ओपन’ गर्ने सम्बन्धी छलफल भएको छ । यो सडक जाजरकोट जोड्ने लक्षका साथ अगाडि बढाईएको सडक हो । सो सडक को द्वार मा भएका टहरा १५ दिन भित्र हटाउन पनि सहमति गरिएकाे छ । साथै बजारबाट उत्पादित फोहोरलाई मोहोर बनाउन ‘डम्पिगं साईड’ को विषयमा पनि छलफल भएको थियो ।
भेलाले पछि २ जना सदस्य थप्नेगरी पार्वती पुन को अध्यक्षता ९ सदस्यीय बजार समिति पुनर्गठन गरिएको छ । जसकाे उपाअध्यक्षमा शिव पुन, सचिव महेश कुमार ओली (समीर श्री), कोषाध्यक्ष टिकाराम डाँगी, सदस्यहरुमा ललीता पुन मगर, टीका बस्नेत, खुमराज पुनमगर रहेका छन् ।
समितिको बैठक भोलि नै बसी बजार सरसफाई पश्चात आगामी योजना तय गर्ने बताईएको छ ।
समीर श्री काे सहयाेगमा