• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

सल्यान जन्मिएका प्रमेश अस्ट्रेलियाबाट माेडलिङमा जम्दै


जनक चन्द
फागुन ९, नेपालगञ्ज ।

नेपालगंज- १३ शान्तिनगरका घर भर्इ हाल अस्ट्रेलियामा गएका प्रमेश केसीले गीतमा मोडलिङ गरेका छन् । बुवा राजेन्द्र केसी र अामा हेरम्भा केसीकाे काेखबाट विसं २०४८ सालमा सल्यानकाे काेटमाैलाकाे खत्रिगाउँमा जन्मिएका प्रमेश पछिअाएर बाँके जिल्लालार्इ अाफ्नाे कर्मथलाे बनाएका हुन् ।

वेस्ट ज़ोन ई मि नेपालगंज बाट slc ,+2 पिनाकल college ktm , Bsc त्रिच्द कलेज र uk बाट उच्च शिक्षा गरेका उनलाई मोडलिङमा आस्था काफ्लेले साथ दिएकी छिन् । गीतमा हिमाल मुनिमा विवेक श्रेष्ठको आवाज, सुनिल थापाको शब्द/सङ्गीत तथा अल्मोडा राना उप्रेतीको अरेन्ज रहेको छ । हिमाल मुनि नामक गीत भेडी गोठैमा नामक अल्बममा समावेश रहेको गीतकाे म्युजिक भिडियाे जीवन रसाइलीले तयार परेका हुन् ।

सानै उमेरमा विभिन्न क्षेत्रमा अव्वल रहेका प्रमेसको मोडलिङ क्षेत्रमा पनि धेरै रुचि  रहेको बताउछन् । नेपाल र नेपाली प्रतिको माया लाई उनले निरन्तर दिईरहनका लागि प्रदेशमा बसेर भए पनि नेपाली गीत सङ्गीत मा लाग्ने वताउछन् ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २०७४ फाल्गुन ९ गते बुधवार