• २०७८ बैशाख ८ गते बुधवार
  • Preeti To Unicode

प्रदेश नम्बर ६ का बिद्यार्थीले निकाले रुख र लहराबाट विद्युत्


मुसिकोट नगरपालिका ५ शेरीगाउँस्थित मोर्डन रिसर्च कन्ट्रक्टसन एन्ड कन्सलटेन्सी प्रालिमा नेबल टु इेलेक्ट्रिकल सब ओभरसियल पढिरहेका विद्यार्थीले गुनामौराको रुख र रुखको लहराबाट विद्युत निकालेका छन् ।

१० जना विद्यार्थीका टोलीले रुख र लहराबाट १९ भोल्टको विद्युत् निकालेको विद्यार्थी जयबहादुर नाथले बताए । उनीहरुले अघिल्लो बर्ष स्याउ र आलुबाट विद्युत निकालेका थिए ।

नाथका अनुसार तामा र फलामको प्रयोग गरी विद्युत् निकालिएको थियो । रुखबाट फलेको फलबाट विद्युत निकाल्न सकिन्छ भने रुखबाट पनि निकाल्न सकिन्छ होल भनने चासो फल भएकोले प्रालिका कार्यकारी निर्देशक भुवननाथ जलनले बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार