• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान र दाङमा दुई दिनकाे लागी विद्युत अवरुद्ध


फागुन १०, दाङ । 

सल्यान र  दाङमा दुईदिन विद्युत अवरुद्ध हुने भएको छ ।

अाज (बिहीबार) विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म र भाेली (शुक्रबार) विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ । मर्मतको काम भइरहेको हुँदा विद्युत अवरुद्ध हुने जानकारी दिइएको छ । लमही–घोराही–तुलसीपुर ३३ केभी प्रसारण लाइन तथा घोराही वितरण केन्द्र अन्तरगत लमही शाखासहितका सम्पूर्ण ११ केभी फिडरहरूबाट विद्युत आपूर्ति बन्द रहने जानकारी दिइएको छ ।

१३२ केभी विद्युत प्रसारण लाइनमा रहेका ३० एमभीएका ट्रान्समिटर हटाएर ६३ एमभीएका ट्रान्समिटर राख्ने काम हुने भएकाले विद्युत सेवा बन्द हुने प्राधिकरणले सूचना मार्फत जानकारी दिएको छ  । ट्रान्समिटरसँगै ३३ केभीका बसबार बदल्ने कार्यक्रम रहेका कारण जिल्लाका बजार तथा ग्रामीण तहमा विद्युत सेवा अवरुद्ध हुने जानकारी दिइएको छ ।

ट्रान्समिटर र बसबार बदल्नका लागि दुईदिन समय लाग्ने भएकाले बिहिबारदेखि बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार