• २०७७ असोज ४ गते आइतवार
  • Preeti To Unicode

राजनितीक संयन्त्र भयाे भन्दै सल्यानकाे एक विद्यालयमा समिति बदलियाे


फागुन १०, सल्यान ।

सल्यान छत्रेश्वरि- ४  जयचाैरमा रहेकाे लक्ष्मि माविमा  पुनह अभिभावकहरुको अाम भेला बाट नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएकाे छ ।

गएको फागुन २ गते केही सिमित राजनितीक पहुँच भएका व्यक्तिहरु ले अवैधानिक रुपमा गैर स्थानीय व्यक्तिलाई अध्यक्ष मा नियुक्त गरेकाे भन्दै पुनः विव्यस समिती गठन गरिएकाे बताइएकाे छ । विद्यालयमा अध्यक्ष बन्न धेरै योग्य व्यक्ति हुदाहुदै पनि केही उच्च राजनीतिक व्यक्तिहरु वसेर अाफु निकट र विधालय क्षेत्र अधिकार भन्दा बाहिरका व्यक्तिलाई अध्यक्ष पदमा नियुक्त गरेकाे भन्दै अक्त समिती बिगठन गरिएकाे त्यहाँबाट माअाेवादी केन्द्रका विद्यार्थी नेता हिमाल यात्रीले जानकारी दिएका छन्  ।

उनका अनुसार शिक्षा एेनले विधालय व्यवस्थापन समितिकाे अध्यक्ष वन्ने केही मापदण्ड हरु तयार गरेको छ । तर केही पनि तोकिएको मापदण्डमा नपर्ने व्यक्ति अध्यक्ष वनाएपछि स्थानीय व्यक्तिहरुले त्यसकाे विरोध गरेका थिए ।  धेरै समय देखि राजनीतिक भागवन्डाको अाधारमा कुरा नमिले पछि पटकपटक बैठक बसेर पनि निश्कर्षविहिन भएको तर २०७४ फागुन २ गते केही सिमित व्यक्तिहरु वसेर अविभावकलार्इ उपस्थित नवनाएर समिती गठन गरेका थिए ।

नेकपा माअोवादि केन्द्रले उक्त घटनाको विज्ञप्ति निकालि विरोध पनि गरेको थियाे । उक्त विज्ञप्तिमा सर्वदलीय वैठकको नाटक गरि अाफ्ना प्रतिनिधिलार्इ  नसमेटेको जनाएको छ । तर माअोबादिको प्रतिनिधि भएर धुर्व भण्डारि उपस्थित भएका थिए । उनलाई चुनाव मा पाटिलाई असहयोग गरेको प्रती पाटिले साधारण सदस्य नरहने गरि कार्वाही गरेको थियो ।

एक बर्ष अगाडि रिक्त शिक्षक दरवन्दिमा लिखित परीक्षा गराईएकाे तर राजनितिक सहमति नहुदा माैखिक परीक्षा स्थगित भएकाे यात्रीले बताएका छन् ।  झिम्पेमा सानासाना विद्यालयका निर्णयहरु प्रती जिल्लाका उच्च राजनीतिक व्यक्ति हरुको प्रभावले गर्दा सहमति हुन सकेको छैन । खडका अध्यक्ष भएकाे समितीले उक्त परिक्षाकाे माैखिक परीक्षा गराउने निर्णय समेत गरेकाे छ भने बिधार्थिका अविभावकहरुकाे अामभेलाले उक्त कार्य तत्काल राेक्न र विधि प्रक्रियवाट गठन गरिएकाे समिती मार्फत उक्त कार्य अगाडी बढाउनुपर्ने भन्दै गाउँपालीका र जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएकाे हिमाल यात्रीले बताएका छन् ।  ।

अविभावकहरुकाे अामभेलावाट हिजाे पहिलेकाे समितीलाई खारेज गर्दै नयाँ समिती गठन गरेकाे छ । चेत वहादुर वलीकाे अध्यक्षतामा ९ सदस्य विधालय व्यवस्थापन समिति र टेक वहादुर वलीकाे अध्यक्षतामा ११ सदस्य शिक्षक अविभावक सँघ गठन गरिएकाे यात्रीले बताएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार