• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

मन्त्री ज्वालाले भने- ‘सल्यानले प्रदेशको अगुवाई गर्याे, बोलेर हैन् काम गरेर देखाउने हाे’


लेकाली अनलाइन
फागुन ९, सल्यान ।
प्रदेश नम्बर ६ का आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यान जिल्ला प्रदेश नम्बर ६ को अगुवा जिल्ला भएको बताएका छन् ।

आज नेपाल पत्रकार महासंघ सल्यानले सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्वालाले सल्यान प्रदेश नम्बर ६ को मुख्यठाउँमा पुगेको बताएका छन् । सल्यानले प्रदेशको पहिलो मुख्यठाउँ यसपटक लिएको उनले बताएका छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका ज्वालाले प्रदेशमा आफ्नो नेतृत्वकारी सहभागीता भएको बताए । प्रदेश नम्बर ६ बनाउनलाई चार जनाको ज्यान जानेगरी धेरै संघर्ष गरेको भन्दै उनले यदी सल्यान ५ नम्बरमा परेको भए सल्यानको नामै नआउने बताएका छन् । सल्यानले प्रदेशको अगुवाई गरेको भन्दै उनले सबैलाई धन्यवाद समेत दिएका छन् ।

उनले जसरी प्रदेश बनाइयो त्यसरीनै काम गर्ने बताएका छन् । उनले अब कुरा भन्दा काम गर्नुपर्ने बताएका छन् । उनले भने— ‘‘यो प्रदेश सम्पन्न प्रदेश हो, सम्पन्न प्रदेशका हामी गरीब जनता हौँ ।” नम्बर ६ प्राकृतीक प्रचुर संभावना भएको र ती संभावनाहरुलाई अब आफुहरुले व्यवहरीकता दिने उनले बताएका छन् ।

उनले  सिंगो ६ नं प्रदेश कसरी समृद्ध वनाउन सकिन्छ त्यस वारेमा आफुलाई सल्लाह सुझाव दिन आग्रह गरेका छन् । अर्काे एक प्रशंगमा मन्त्री ज्वालाले ६ नं प्रदेशका निर्माणका लागी तयारी अवस्थामा रहेका गौरवका आयोजनाहरु नलसिंशगाड तथा अपर कर्णाली जलविद्युत आयोजना हरु निर्माणमा भईरहेको ढिलासुस्तिलार्इ अब अगाडी बढाउने बताएका छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार