• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सकियाे एमाले–माओवादी बैठकः बादल र नेपालले पाए यस्तो जिम्मेवारी, १५ दिनभित्र बुझाउनु पर्ने


फागुन १०, काठमाडौं ।

नेकपा एमाले–माओवादी केन्द्रले पार्टी एकतालाई टुङ्गोमा पुर्याउन गठन गरेको कार्यदलमा संयोजकको पद बाँडफाँट गरेका छन्।

आज प्रधानमनत्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले जिम्मेवारी बाँडफाँट गरेको हो । दुई कार्यदलमध्ये बैचारिक दस्तावेज निर्माण कार्यदलको जिम्मेवारी एमाले नेता माधव नेपालले पाएका छन् भने संगठनात्मक स्वरुप एबं विधान निर्माण सम्बन्धी कार्यदलको संयोजक माओवादी केन्द्रका रामबहादुर थापा बादल बनेकान छन् ।

एकता घोषणा गर्नका लागि राजनीतिक प्रतिवेदन र बिधान मस्यौदा लेख्न बनाइएको दुई संयुक्त कार्यदलाई १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।  मंगलबार बसेको एकता संयोजन समितिको बैठकले संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरेको थियो ।

संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् । संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउँदै अब २५ गतेभित्र समितिमा बुझाउनु पर्नेछ ।

एमालेका नेता नेपाल र माओवादी केन्द्रका बादललाई संयोजकको जिम्मेवारी दिने प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

यस्तै पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् ।

उक्त कार्यदलले पनि एकीकृत पार्टीको अन्तरिम विधानको तय गरी समितिलाई २५ गतेभित्र बुझाउनु पर्नेछ । मंगलबार नै एमाले र माओवादीबीच एकताबारे ७ बुँदे आधारपत्रमा समझदारी भइसकेको छ

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार