• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

मन्त्री बाँडफाँट टुङ्गियाे : एमालेले १०, माओवादीलार्इ ७ मन्त्री (सुचिसहित)


फागुन १०, काठमाण्डाैँ । 

नेकपा एमाले र माअाेवादी केन्द्रबिच मन्त्रालय बागभण्डा टुङ्गिएकाे छ ।  बाँडफाँटमा एमालेले १० माओवादी केन्द्रले ७ मत्रालय पाउने भएका छन्।

एमालेकाे भागमा अर्थ तथा योजना मन्त्रालय, रक्षा मन्त्रालय, भौतिक पुर्वाधार यातायात मन्त्रालय, सूचना संचार तथा विज्ञान प्रविधि मन्त्रालय, शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय र  पर्यटन मन्त्रालय परेकाे छ ।

त्यस्तै माओवादी केन्द्रको भागमा गृह मन्त्रालय, उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय, शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय, वन वातावरण जलवायु परिवर्तन मन्त्रालय, श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय, कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेका छन् ।

मन्त्रालयको भागबण्डा टुङ्गिएपछि माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक अपरान्ह ४ बजेदेखि पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ।  पार्टीको भागमा परेका यिनै मन्त्रालयमा कसलाई पठाउने भन्ने टुङ्गो लगाउन  माओवादीले केन्द्रीय कार्यालयको बैठक बोलाएको हो। बुधबार अपरान्ह ३ बजे केन्द्रीय कार्यालयको बैठक बोलाइएपनि बाँडफाँट नटुङ्गिएपछि अध्यक्ष प्रचण्डले बैठक स्थगित गरेका थिए। आज विहान प्रधानमन्त्री ओलीसँगको एक्लाएक्लै वार्ताबाट भागबण्डा टुङ्गिएपछि केन्द्रीय कार्यालयको बैठक बोलाइएको हो।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार