• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

दाङबाट काठमाडौं हिँडेकी २१ वर्षीया युवती बसभित्रै बलात्कृत !


फागुन १०, दाङ ।

गत फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा सहचालकविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरेको छ।

काठमाडौं जाने भनी दाङको लमहीबाट ना ५ ख ५३६८ नम्बरको बसका चालक तथा सहचालकले काठमाडौं नलगी आँबुखैरेनी गाउँपालिका वडा २ ऐनापहरामा पुर्याएर बसभित्रै बलात्कार गरेको उजुरी पीडितले दिएकी थिइन्।

सुरुमा बसमा धेरै मानिस भएको तर, मुग्लिनमा सबै झरेपछि बस मोडेर आँबुखैरेनीको ऐनापहरातर्फ मोडेको खुलेको छ। युवतीले बस मोडेको थाहा नपाउँदा फसेको प्रहरीको भनाइ छ।

युवतीले घटनाको भोलिपल्ट मौखिक उजुरी दिएपछि तनहुँ प्रहरीले दोषीको खोजतलास थालेको र चालक तथा सह चालक दुवैलाई चितवनको नारायणगढबाट पक्रिएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए।

खोजतलास पश्चात बसका चालक लमजुङ राईनास नगरपालिका ८ घर बताउने ३३ वर्षका बिष्णु सापकोटा तथा सह चालक दाङ बिजौरिया १ स्थायी घर बताउने ३४ वर्षका वेदराज डाँगीविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि थुनामा राखिएको प्रहरी उपरीक्षक जोशीले बताए।

उनीहरुविरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जोशीले बताए। साँझको समयमा चालक र सहचालकले बन्धक बनाएर बलात्कार गरेपछि युवतीलाई त्यही छोडेका थिए।

पवन पौडेल/अन्नपुर्ण

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार