लेखकः जनक चन्द
फागुन १०, नेपालगंज
रूपकाे घमण्डले कति टिक्ला तिम्राे जवानी !
सम्पतीकाे धाकले कति चल्ला तिम्राे जिन्दगी !!
एकदिन बिहे गर्नै पर्छ, अर्काकाे डाेलि चढनै पर्छ !
छाेरा हाेस या छाेरी एकदिन घरजम गर्नै पर्छ !!
पिरतीकाे डाेरीकस सयाैजुनि संगैबस नछुट्टिने गरि !
तिमिले गर्ने माया सधै चर्चाचलाेस संसार भरी !!
जमाना फेरिए भन्दै लाईसिन्सवाला ठेक्का नगर !
अलिकति इज्जत साेच जीवन तिम्राे खेर नफाल !!
लालीजाेबन छदा सम्म जीवन त्यसै रंगिन हुन्छ !
जबलाली झर्दै जान्छ जीवन त्यसै फिक्का हुन्छ !!
उमेर छ बैँस छ ! जीवन यसै चल्छ टर्छ साेचाैलि !
उमेर ढल्की कुप्रीपर्दा सहारा खाेज्दा बल्ल बुझाैली !!