फागुन १०, दैलेख ।
दैलेखमा जीप दुर्घटना हुदाँ हुँदा चार जनाको मृत्यु भएको छ ।
दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु–४ ओखलढुंगामा अाज दुर्घटना भएको हो । चालसहित ९ जना सवार लु १ ज ३५३२ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा महाबु गाउँपालिका-४ की २२ वर्षीया निर्मला पाण्डे, सोह गाउँपालिका-५ का ३५ वर्षीय श्रम शाही र ६ निवासी २९ वर्षीया निर्मला शाही मृत्यु भएको छ । त्यस्तै सुर्खेत घर भएका तिलक ढकाल पनि मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जीप ब्रेक फेल भएर दुर्घटना भएको थियो । संकेतिक तस्विर फाइल