• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

पढाइ सुधार्न सल्यानमा मोवाइल वैठक


मिना बुढाथोकी
फागुन १०, सल्यान ।
सल्यानको दुई वटा गाउपालिकामा विद्यालयको पठनपाठनमा सुधार गर्नका लागी थालिएको मोवाइल वैठक प्रभावकारी बनेको छ । जिल्लाको दार्मा गाउपालिकाका ३६ विद्यालय र कुमाख गाउपालिकाका ९ विद्यालयले अहिले विद्यालयको पढाइ र सिकाइ उपलव्धीमा सुधार गर्नका लागी मोवाइल वैठक संचालन गर्ने गरेका छन् ।

वाल विकास केन्द्रमा कार्यरत वाल विकास सहजकर्ताहरुले हरेक दुई महिनामा मोवाइल वैठक गर्ने गरेको महेन्द्र मावि जिमाली अन्र्तरगतको वाल विकास केन्द्रकी सहजकर्ता कोपिला पुरीले बताइन । दुई महिनाको अन्तरमा पालैपालो फरक फरक वालविकास केन्द्रमा हाम्रो वैठक हुन्छ उनले भनिन् जसका कारणले वैठक हुने वालविकास केन्द्रका राम्रा कुरा सिकेर आफ्ना वालविकास केन्द्रमा लागु गर्न सजिलो भएको छ ।

नयाँ नयाँ वालविकास केन्द्रमा वैठक हुँदा आफुहरुका लागी शैक्षिक भ्रमण जस्तो समेत हुने गरेको र देखेर सिक्न सजिलो भएको सहजकर्ताहरुले बताएका छन् । छ वटा सिकाइ कुना मार्फत वालवालिकालाई त्यस विद्यालयले कस्ता शैक्षिक सामाग्री प्रयोग गर्छ भन्ने थाहा हुन्छ विश्वेश्वर आधारभुत विद्यालय ढाकाडाम त्रिवेणी अन्र्तरगतको वालविकास केन्द्रकी सहजकर्ता झरणा चन्दले भनिन् आफ्नो वालविकास केन्द्रभन्दा राम्रा कुरा सिकेर आउछौँ भने सुधार्नुपर्ने कुराहरु सिकाएर आउँछौँ ।

हाल यस क्षेत्रका ३२ वटा वाल विकास केन्द्रले सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझदारीमा संचालित सवैका लागी पढाई कार्यक्रम मार्फत वालमैत्री वसाइ व्यवस्थापन गरेर ६ सिकाइ कुना मार्फत सिकाइ रहेका छन् । संगित कुना, अभिनय कुना, गणित कुना, भाषा कुना, निर्माणात्मक कुना र विज्ञान कुना गरी अन्र्तरक्रियात्मक तरिकाबाट वालवालिकालाई सिकाउदा निकै सजिलो भएको चन्दले बताइन ।

कक्षा १ र २ का शिक्षकको पनि मोवाइल वैठक
यस्तै कक्षा १ र २ मा पढाउने शिक्षकहरुले समेत मोवाइल वैठक संचालन गरिरहेका छन् । मोवाइल वैठकमा शिक्षकले पढाउने क्रममा भोगेका चुनौतीका समेत मज्जाले छलफल हुने भएकोले यसको प्रभावकारीता बढेको नवसर्वसाधारण आधारभुत विद्यालय रातामाटा भल्चौरकी शिक्षीका मोहन कुमारी चन्दले बताइन । आफुलाइ चुनौती बनेको कुरा अरु विद्यालयले कसरी समाधान गरेको छ भन्ने थाहा हुन्छ उनले भनिन आफुले गरेका राम्रा उदाहरण समेत अरुलाई सुनाउन पाउँदा खुसि लाग्छ ।

पहिले हाम्रो विद्यालयमा भुइ व्यवस्थापन थिएन कति विद्यार्थि वेन्चबाट लडेर घाइते समेत भएका थिए शान्ति आधारभुत विद्यालय जिमाली ठाराखोलाका शिक्षक नदिराम बोहराले भने पछि मोवाइल वैठममा गएको विद्यालयमा वालमैत्री वसाइ व्यवस्थापन भएको देखेर आफ्नो विद्यालयमा पनि लागु गर्न कुरा गरेँ र भयो पनि ।

हाल जिमालीका ९ वटै विद्यालयले विद्यालयकै श्रोतबाट कक्षा १ देखि ३ सम्म वालमैत्री बसाइ व्यवस्थापन गरेको बताएका छन् ।

कार्यपुस्तिकाले बनायो विद्यार्थिलाई सजिलो
विद्यालयको सिकाइ उपलव्धी सुधार गर्नका लागी जिल्ला शिक्षा कार्यालयसँग मिलेर सेभ द चिल्डे«नले कक्षा १ र २ मा प्रत्येक विद्यार्थिलाई पुग्ने गरी नेपाली विषयको लागी कार्यपुस्तिका सहयोग गरेको छ । जसले गर्दा कक्षाभित्र नै स्थानिय शैक्षिक सामाग्रीको प्रयोग गरेर विद्यार्थिलाई कार्यृपुस्तिकामा सिकाउन सजिलो भएको महेन्द्र मावि जिमालीका शिक्षक हेमराज केसीले बताए ।

विद्यालयमा कापी नल्याउने र विद्यार्थिहरुले कहिल्यै राम्रोसँग अभ्यास गर्न नपाउने समस्या थियो उनले भने अहिले कार्यपुस्तिकामै लेख्न पाउने भएपछि उनिहरुलाइ सजिलो भएको छ । नजान्ने र र्गहकार्य नगर्ने विद्यार्थिहरु समेत अहिले दैनिक रुपमा कक्षामा अभ्यास हुन थालेपछि जान्ने हुन थालेका छन् केसीले भने यसवर्ष त विगतको तुलनामा सिकाइ उपलव्धीमा समेत सुधार आउने मैले देखेको छु ।

दार्मा गाउपालिकाका विद्यालय श्रोत व्यक्ति जंग बहादुर बुढाले विद्यालयहरुले थालेको मोवाइल वैठकले नयाँ कुरा सिक्न र कक्षाकोठामा लागु गराउन धेरै भुमिका खेलेको बताए । मैले धेरै शिक्षकका कक्षाहरु अवलोकन गरेको छु, मोवाइल वैठकमा पनि पुगेको छु उनले भने वैठकमा देखेका कुरा धेरै शिक्षकहरुले विद्यालयमा अवलम्वन गरेका छन् । उनले यस्ता खालका सकारात्मक गतिविधिहरुलाई निरन्तरता दिनका लागी आफुहरुले गाउँपालिका स्तरमा र नितिगत तहमा पनि सहल गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार