• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा ने.वि.संघको विरोध, निर्णय नसच्याए आन्दोलन चर्काउने चेतावनी


शरद रेग्मी
फागुन ११, दाङ ।

राष्ट्रपतिले संविधान विपरित कार्य गरेको भन्दै नेपाली काँग्रसको भातृसंगठन नेपाल बिध्यार्थी संघले विरोधलाई जारी राखेको छ ।

नेपाल विद्यार्थी संघ क्षेत्रनंबर ४को अगुवाईमा आज इलाका प्रसासन कार्यालय मार्फत राष्ट्रपतीलाइ
ज्ञापन पत्र बुझाईको छ । राष्ट्रपति विद्या भण्डारीले पुर्ववर्ति सरकारले सिफारिस गरेका नामलाई प्रतिस्थापन गरेसँगै नेबीसंघ विरोधमा उत्रिएको हो ।

नेबीसंले राष्ट्रपतिलाई गल्ती सच्चाउन सुझाबदिदै इलाका प्रसासन कार्यालय तुल्सीपुर मार्फत ज्ञापन पत्र बुझाइएको क्षेत्रीय सभापती एकराज खडकाले वताए । संविधान पढेर गल्ति सच्चाउन नेबीसंघले राष्ट्रपतिलार्इ आग्रह गरेको छ । नेपाल विद्यार्थी संघले राष्ट्रपति र सरकारका विरुद्धमा एकसाथ विरोध गर्दै आएको जनाएको छ ।

यसैबिच राष्ट्रपती बिरुद्ध नेपाल बिद्यार्थी संघ क्षेत्र नंबर ४ले आज तुल्सीपुरको बिपीचौकमा प्रर्दषण सहीत सभा गरेको छ । क्षेत्रीय सभापती एकराज खडकाको सभापतीत्व तथा तरुणदल दाङका अध्यक्ष टिका घर्तीको प्रमुख आथीत्यतामा सम्पन बिरोध सभामा बोल्ने बत्ताहरुले संविधानको मर्म र भावना विपरित राष्ट्रपतिको कदम रहेको जनाँउदै राष्ट्रपति आलांकारिक भुमिकामा रहन आग्रह गरेका थिए ।

सो अबसरममा नेबिसंघका जील्ला सदस्य अरुण लहरे,राप्ती बबइ क्याम्पस स्वबियू सभापती अनील कार्की,जीतेन्द्र वली,गोबीन्द आभाष शर्मा लगाएतले  बाेलेका थिए ।  कार्यक्रमको सहजीकरण राप्ती बबइ क्याम्पस इकाइ सभापती किरण केसीले गरेका थिए । विरोधलाई निरन्तरता दिदैं आज नेबीसंघले देशभरका सबै जिल्ला प्रशासन र इलाका प्रसासन कार्यालयमा ज्ञापन पत्र वुझाएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन १० गते बिहिवार