फागुन ११, सल्यान ।
सल्यानकाे बागचौर नगरपालिका वडान २ को बागचौर र लस्तम जिउला टोललाई पुर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । हिजाे उक्त टाेललार्इ एक कार्यक्रमका बिच पुर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हाे ।
बागचौर नगरपालिका वडान २ को आयोजना, SNV नेपाल र पास नेपालको समन्वएमा भएको उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले तत्कालनै नगरपालिकालाई सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्ने कार्यमा लाग्न सम्पूर्ण वडा अध्यक्षहरुलाई निर्देशन दिएका छन् । मानव जिवनमा सरसफाइ एउटा महत्त्वपूर्ण पक्ष भयकाले सफा सुन्दर नगर बनाई नगर बासिको बेग्लै पहिचान दिन आफू आतुर रहेकाले उक्त कार्यलाई छिटै निरंतरता दिने उनले बताएका छन् ।
कार्यक्रममा बिशिस्ट अतिथि बागचौर नगरपालिका का कार्यकारी अधिकृत भिस्मा कुमार मल्ल, पास नेपाल सल्यान का अध्यक्ष ज्ञानेस्वर के सि लगाएतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
बागचौर नगरपालिका वडा न २ का वडा अध्यक्ष घनस्याम शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम,जनचेतनामूलक सडक नाट्क समेत प्रस्तुत गरिएको थियो ।
बागचौर र लस्तम जिउला टोल लाई सल्यान जिल्ला को तेर्सो र बागचौर नगरपालिका को पहिलो पुर्ण सरसफाइ उन्मुख टोल घोषणा गरियको हो ।