लेकाली अनलाइन
फागुन ११, सल्यान ।
सल्यानमा एक कर्मचारी अवकाश हुदाँ कार्यालयले कुनै सम्मान तथा विदाई गरेको छैन् ।
जिल्लाको गैर जिम्मेवारी पुर्न कार्यालय मानिने पहिलेकाे जिल्ला विकास समिती र हालको जिल्ला समन्वय समितिमा २०५० सालदेखि कार्यरत कार्यालय सहयोगी (चौकिदार) मान बहादुर भण्डारीलाई अवकाश हुदाँ कुनैपनि सम्मान तथा विदाई गरिएको छैन् । २०५० सालदेखि ४ बर्ष सम्म काम गरेका भण्डारी ५४ सालमा करार मा नियुक्ती भएका थिए । २० बर्ष करार मा कार्यालय सहयोगी (चौकिदार)को रुपमा काम गरेका उनि २०७४ साल माघ १ गतेबाट अवकाश भएका हुन् ।
यसरी २४ बर्ष सम्म एउटै कार्यालयमा रहेर कार्यालयको सहयोग गरेका उनलाई अवकाश हुदाँ जिल्ला समन्वय समिति सल्यानले कुनै विदाई तथा सम्मान नगरेर एउटा कागजको पत्र दिएर पठाएको छ ।
यसरी जिल्ला समन्वय समिति सल्यानले करार कर्माचारीलाई अपमान गरेको भन्दै आज स्वतन्त्र करार कर्माचारी मिलन केन्द्र सल्यानले उक्त अवकाश भएका भण्डारीलाई सम्मान गरेको छ ।
दुई दशक भन्दा बढी एउटै कार्यालयमा काम गरेका कर्माचारीलाई कार्यालयले कुनै सम्मान नगरेको भन्दै मिलन केन्द्रले दुखेसो पनि गरेको छ । केहि समय अगाडी गठन भएको स्वतन्त्र करार कर्माचारी मिलन केन्द्र सल्यानले निरन्तर कायालयमा खटिएर अवकाश भएका भण्डारीलाई सम्मान नगरेर कार्यालयले आफ्नो बेज्जती गरेको बताएको छ ।
सम्मान कार्यक्रममा प्रमुख अथिती मिलन केन्द्रका भुत पुर्व अध्यक्ष खड्कहादुर रानाको रहेको थियो । अध्यक्ष दिनेश विष्टको सभाअध्यक्ष र सचिव सालिकराम बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रतिमाले गरेकी थिइन् ।