फागुन ११, काठमाडाैं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध सुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि भएको बताएका छन् ।
शुक्रबार काठमाडाैंमा आयोजित कार्यक्रममा प्रचण्डले यस्ताे बताएका हुन् । उनले दुई पार्टीबीचको एकताबाट आम जनतामा खुसीयाली छाउनु ठूलो उपलब्धी भएको तर्क गरेका छन् । वामपन्थी एकताबाट दक्षिणपन्थी शक्तिहरु आतंकित भएको भन्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई प्रचण्डले आग्रह गरेका छन् ।
अर्काे प्रसंगमा प्रचण्डले संघीय समाजवादी फोरम सरकारमा सामेल भई पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार दुईतिहाई बहुमतको बन्न लागेको दावी गरेका छन् । उनले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी भई पहिलो पटक नेपालमा वामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बन्न लागेको बताएका हुन् ।