• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

पोषणको कुरा गर्दै सल्यानका पश्चिम क्षेत्रमा नाटक देखाइने


फागुण ११, सल्यान ।
सल्यानका पश्चिम क्षेत्रका विभिन्न स्थानमा सडकनाटक प्रदर्शन गरिदैछ ।

विएमजेड र डब्लुएचएचको आर्थिक सहयोगमा आरआरएन, लिवर्ड र आसमान नेपालले संचालन गरेको जिविकोपार्जन, मुल्य श्रृखला तथा पोषण कार्यक्रम अन्तरगत साविकका ८ गाविसमा सडक नाटक प्रस्तुत गर्न लागिएको हो ।

अाइतबार देखि हुने नाटककाे लागि जिम्मा लिएको उज्यालो संचार केन्द्रले कालिमाटी, बन्गाडकुपिन्डे र त्रिवेणीका विभिन्न स्थान गरि १३ वडामा कार्यक्रम संचालन गर्ने संस्थाका अध्यक्ष डिल्लीराज रावतले जानकारी दिएका छन ।
आसमान नेपालका जिल्ला संयोजक विना श्रेष्ठका अनुसार बालबालिका कुपोषित नहवस भनेर जनचेतनामुलक कार्यक्रम अन्तरगत सडक नाटक देखाउन लागेको बताइन ।

संयुक्त रुपमा संचालित परियोजनाले सुशासन, दिगो एकिकृत कृषि प्रणाली, मुल्य श्रृखला तथा पोषणको क्षेत्रमा काम गर्छ । ती मध्ये आसमान नेपालले हेर्ने पोषणको कुरा गर्दै नाटक हुन लागेको हो ।
सडक नाटक माझकाँडा, ढोरपिपल, घुइयावारी, छरछरे, बालुवा, खैरेनी, सेतीखोला, रामपुर, निगाल्चुला, काभ्रा, लक्ष्मीपुर, जयतपानी र बावियाचौरमा प्रदर्शन गरिनेछ ।

नाटक प्रदर्शन गर्ने संस्था उज्यालो संचार केन्द्रले सल्यानमा ९१.९ मेगाहर्जमा रेडियो तहल्का पनि संचालन गरेको छ । यस अघि उज्यालो संचार केन्द्रले परियोजनासंगको सहकार्यमा २ चरणका नाटक पनि गरिसकेको छ । नाटकमा कलाकारहरू याेगराज विश्वकर्मा, हिमा बोहरा, एलिसा डिसी लगायतका कलाकारको प्रस्तुती रहनेछ । संकेतिक तस्विर गत बर्षकाे

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार