• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

दाङमा प्रहरीकाे हस्तक्षेपः शान्तिपूर्ण बाेलीमाथि दमन, तिनजना प्रकाउ


फागुन ११, दाङ । 

जनताले राज्यलार्इ तिरेकाे करबाट तलब खाने प्रहरीले दाङमा हस्तक्षेप भन्दै स्थानीय त्रसित भएका छन् । शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेकाे समयमा प्रहरीले जवर्जस्त हस्तक्षेप गरि तीन जना नेतालाई पक्राउ गरेपछि अब के हाेला भनेर स्थानीय त्रसित भएका हुन् ।

अाज नेपाल कम्युनिष्ट पार्टी दाङले शान्तिपूर्ण रुपमा घाेराहीकाे तुलसीपुर चोकमा आज कोणसभा गर्नै लाग्दा प्रहरीले हस्तक्षेप गरि विना कारण जिल्लाका सेक्रेटरी विक्रम लगायत तीन जनालाई गिरफ्तार गरेको हाे । घोराहीको तुलसीपुर चोकमा कार्यक्रमको तयारीस्वरुप जम्मा भएका पार्टीका जिल्ला सेक्रेटरी विक्रम, दलित मुक्ति मोर्चाका जिल्ला सुरज परियार र पार्टीका गढवा गाउँपालिकाका सेक्रेटरी ओम प्रकाश चौधरीलाई विना कारण चोकको साइडमा अडिरहेका तिनै जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

शान्तिपूर्ण रुपमा सार्वजनिक ठाउँमा कार्यक्रम गर्न पाउने, बोल्न पाउने अधिकारलाई कुण्ठित गर्दै विना कारण गिरफ्तारीमा पर्नुभएका जिल्ला सेक्रेटरी लगायत तिनै जनालाई छिटोभन्दा छिटो रिहा गर्न राप्ती ब्यूरो इन्चार्ज सुवासले माग गरेका छन् । रिहा नगरिए संघर्ष कडा गर्न बाध्य हुने र त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने इन्चार्ज सुवासले चेतावनी दिएका छन् ।

त्यस्तै कार्यक्रममा सहभागी भएका स्थानीय केहि जनसमुदायीहरुले प्रहरीकाे यस्ताे हस्तक्षपले राज्यले अाफ्नाे खुट्टामा अाफै बन्चराे हानेकाे बताएका छ । शान्तिपूर्ण रुपमा बाेल्न पाउने जनताकाे अधिकार भएपनी राज्यले जनताकाे मुख बन्द गरेकाे भन्दै स्थानीयहरु त्रसित भएका हुन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार