• २०७७ कार्तिक ४ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा दोस्रो एकल रचना बाचन, कमलमणि देवकोटाले सुनाए


पुष्पा रिजन डिसी
फागुन ११, सल्यान ।
बागचौरमा आयोजना गरिएको दोस्रो एकल रचना बाचन कार्यक्रममा कमलमणि देवकोटाले रचना बाचन भएका छन् ।

बागचौर नगर साहित्य परिषद्ले आज आयोजना गरेको एकल रचना बाचन कार्यक्रममा सहित्यकार तथा हासेव्याङगे कलाकार कमलमणि देवकोटाले करिब २० भन्दा बढी रचना बाचन गरेका छन् । होटल शारदा टप एण्ड लजको सभाहलमा बेलुकी ६ बजेदेखि सुरु गरिएको उक्त कार्यक्रममा देवकोटाले सयौँको उपस्थिती रहेको जनमासलाई विभिनन रचनाबाट हसाउदै रचना बाचन गरेका छन् ।

उनले समाजमा हरेक व्यक्तिहरुलाई जुनसुकै समस्या अनि दुख परेको बेला यस्तै साहित्य कार्यक्रममा उसलाई उपस्थित बनाउने हो भने केहि समयको लागी भएपनि उसको हर पिडा कम हुने बताएका छन् ।

बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकी विभिन्न विद्यालयका शिक्षक, प्राध्यापक, विद्यार्थी, व्यापारी, कलाकार र साहित्यप्रेमीहरूको उपस्थिति थियो ।

गत महिना मात्रै साहित्यकार एवम बागचौर साहित्य नगर परिषदका संरक्षक तथा सल्लाकार पुर्न भण्डारी पंकजको एकल रचना बाचन भएको थियो । त्यही कार्यक्रमलाई पुर्नता दिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख बुढाथोकीले बास्तवमा साहित्यले सबैलाई सन्तुस्टी दिने भएकाले र बागचौर नगर साहित्य परिसदले यसको महत्व अंगालेको बताएका छन् ।उनले यसरी साहित्यको संरक्षन र सम्वर्धन गर्नमा बागचौर नगरपालीका र आफ्नो व्यक्तिगत तर्फबाट पनि कुनै कदम पछाडी नहट्ने बताएका छन्

कार्यक्रममा परिषदका अध्यक्ष इन्द्र भण्डारी (अंकीत)को सभा अध्यक्ष रसचिव तारादेव शर्मा (प्रर्दशण)ले सहजिकरण गरेका थिए । अब सधैे यो कार्यक्रमलाई निरन्तरता दिदै मासिक रुपमा एकल रचना बाचन कार्यक्रम सुरु गरिने परिषदकी सहसचिव पुस्पा रिजन डिसी बताएकी छिन् ।

याे पनि सल्यानमा पहिलो पटक एकल गजल साझ

प्रकाशित मिति : २०७४ फाल्गुन ११ गते शुक्रवार