• २०७७ मङ्सिर १० गते बुधवार
  • Preeti To Unicode

रेडियो शारदा एफएम १० वर्षमा प्रवेश 


 फागुन १२, सल्यान । 
सल्यान जिल्लाबाट संचालित रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगाहर्ज आजवाट दशौ वर्षमा प्रवेश गरेको छ ।

दशौ वार्षिकोत्सवको अवसरमा रेडियो शारदा एफएम सञ्चालक समितिका अध्यक्ष एव्म कार्यकारी निर्देशक प्रतीक इच्छुक शर्माले एक प्रेस विज्ञप्ती जारी गर्दे रेडियोका स्रोता, कर्मचारी, पत्रकार,स्थानीय संवाददाता , विज्ञापनदाता तथा सवै पेशा,वर्ग क्षेत्रका शुभ चिन्तकहरुमा शुभकामना ब्यक्त गरेका छन् ।
परिवर्तन र शान्तिका लागि रेडियो शारदा भन्ने उदघोषका साथ वि.सं.२०६५ फागुन १२ गतेका दिन स्थापना भएपछि जनताका हरेक दुख सुखमा सहकार्य गरिरहेकाे छ ।

जारी प्रेस विज्ञप्तीमा भनिएको छ- ”जनताका रुचि र आवश्यकता विषयवस्तुलाई हामीले प्राथमिकता राखेर काम गर्दे आएका छौ ।  रेडियो शारदा जनताको बोली  वोल्ने एउटा माध्याम हो । सल्यान जिल्लाको  विकासका लागि सवै संग सहकार्य, खवरदारी र जनताका आवश्यकता पक्षमा आफुलाई उभ्याउने छौ” अहिले  स्रोताका रुचिका विषय पनि वदलिएका ले स्रोताका  वदलिएका चासो र अपेक्षा प्रति ध्यान दिएर  स्थानीय विषयवस्तु उपयोगी र रुचिकर विषयवस्तु उत्पादन र प्रशारण प्रयत्नशिल रहने समेत जारी विज्ञप्तीमा भनिएको छ ।

रेडियोवाट प्रस्तुत हुने सूचना, विचार, बहस लगायतका समाग्री सन्तुलित, पेशागत मर्यादा  भित्र रहेर उत्पादन प्रशारण गरेको र आगामी दिनमा पनि   ‘समाचार लगायतका सामग्री’ उत्पादनमा पूर्ण रूपमा स्वतन्त्र र  प्रतीवद्ध रहने अध्यक्ष प्रतीक इच्छुक शर्माले जारी गरेकाे विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ती
ग्रामिण विकास सञ्चार केन्द्रद्धारा संचालित सामुदायिक रेडियो शारदा एफएम ९९ थोप्लो २ मेगाहर्ज आज वाट दशौवर्षमा प्रवेश गरेको छ ।  दशौ वर्ष प्रवेशको  आजको सुखद क्षणमा हामी हाम्रा स्रोता, कर्मचारी, पत्रकार,स्थानीय संवाददाता , विज्ञापनदाता तथा सवै पेशा,वर्ग क्षेत्रका शुभ चिन्तकहरुमा शुभकामना ब्यक्त गर्दछौ ।
परिवर्तन र शान्तिका लागि रेडियो भन्ने उदघोषका साथ वि.सं.२०६५ फागुन १२ गतेका दिन स्थापना भए यता जनताका हरेक दुख सुखमा हामीले सहकार्य गरेका छौ ।  जनताका रुचि र आवश्यकता विषयवस्तुलाई हामीले प्राथमिकता राखेर काम गर्दे आएका छौ । यहाँ सम्म आई पुग्दा थुप्रै आरोह अवरोह पार गर्नु परेको छ ।
रेडियो शारदा जनताको बोली  वोल्ने एउटा माध्याम हो । हामीले सल्यानको विकासका लागि सवै संग सहकार्य, खवरदारी र जनताका आवश्यकता पक्षमा आफुलाई उभ्याएका छौ ।
हामीले तपाईहरु माझ पस्कने सूचना, विचार, बहस लगायतका समाग्री सन्तुलित, पेशागत मर्यादा भित्र रहेर दिएका छौ भन्ने कुरा विश्वस्त छौ । र हामी विगत झै आगामी दिनमा  ‘समाचार लगायतका सामग्री’ उत्पादनमा पूर्ण रूपमा स्वतन्त्र र  प्रतीवद्ध रहने छौँ ।
 हामीले दशौ वर्ष प्रवेशसंगै स्रोताका रुचिका विषय पनि वदलिएका छन् । स्रोताका  वदलिएका चासो र अपेक्षा प्रति सधैँ जिम्मेवार बन्ने छौँ । स्थानीय विषयवस्तु हाम्रा प्राथमिकता विषय हुन । उपयोगी र रुचिकर विषयवस्तु उत्पादन र प्रशारण प्रयत्नशिल रहने छौ ।
यहाँ सम्म आई पुग्न तपाईहरुको जुन सहयोग रह्यो आगामी दिन पनि रहने छ भन्ने विश्वास लिएका छौ  । हामी प्रेस स्वतन्त्रता, मानव अधिकार र जनताको अधिकारका लागि निरन्तर रेडियो पत्रकारितामा माध्याम  कायम राख्न क्रियाशिल रहने छौ ।
अन्तमा दशौ वर्ष प्रवेशको अवसरमा शुभचिन्तक सवैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।……………………..
प्रतीक इच्छुक शर्मा
अध्यक्ष

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार