• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

तुलसीपुरको शान्ति सुरक्षा सृदढ बनाउछु –डिएसपि सापकोटा


शरद रेग्मी्
फागुन ११, दाङ ।
ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपि प्रकाश सापकोटाले तुलसिपुर क्षेत्रको शान्ति सुरक्षाका बारेमा दिनरात लागिपरेको बताएका छन् ।

उनले आफु तुलसीपुरमा आएकै दिन देखि तुलसीपुर क्षेत्रमा भरपर्दो र जनताले विश्वास गर्ने खालको शान्ति सुरक्षाका लागी दिन रात खटिरहेको दावि समेत गरे । साथै सो अवसरमा बोल्दै उहाँले जसका लागी सबैको सकारात्मक सहयोगको अपेक्षा समेत गरे । रोटरि क्लव अफ तुलसीपुर सिटिको ४ सय ३६ औ वैठकमा गेष्ट स्पीकरका रुपमा बोल्दै डि एस पि सापकोटाले त्यस्तो बताएका हन् ।

उनले तुलसीपुर बिभिन्न हिसावले ट्रान्जिट प्वाईन्ट रहेको हुदा त्यसलाई रोक्नका लागी सदैव लाग्ने समेत दावि गरे । रोटरी क्लव अफ तुलसीपुुर सिटिका अध्यक्ष तुफान वावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ ,विजय केसी , बिर बहादुर रावत , कुशल तर्ताल लगाएतकाले रोटर क्लवले गरेका गतिविधिका बारेमा जानकारि गराएका थिए।

यसैविच क्लले आजै परिको रोजरि ईन्टर नेशनलको स्थापना दिवस समेत मनाएको क्लवका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारि दिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार