• २०७८ असार ९ गते बुधवार
  • Preeti To Unicode

कांग्रेसले देशलाई कङ्गाल बनाएर सत्ता छोड्योः देब गुरुङ


फागुन १२, काठमाण्डाैँ ।

माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले कांग्रेसले देशलाई आर्थिक रुपमा कङ्गाल बनाएर सत्ता छाडेको आरोप लगाएका छन्।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन पछि पराजय भोगेको कामचलाउ सरकारले दुरगार्मी असर पार्ने निर्णय गर्दै देशलाई आर्थिक रुपमा कङ्गाल पारेको आरोप लगाएका हुन् । उनले बिगतमा पाँच अरब भन्दा बढी रकम जम्मा हुने यो समयमा पनि एक अरब रकम घाटामा भएको उल्लेख गरे ।

दलहरुबीच निषेधकोे राजनीतिकले तिब्रता पाएको भन्दै उनले राष्ट्र र राष्ट्रियताको बिषयमा पक्षप्रतिपक्ष नभएर बामगठबन्धन र काँग्रेस एक ठाउँमा उभिने बताए । सरकारमा मधेशबादी दल समेत समाबेश हुन सक्ने वाताबरण तयार भइरहेको भन्दै उनले जनअपेक्षा र समयको माग अनुसार संबिधान संसोधन समेत गर्नं सकिने बताए।

उनले आईतवारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताए । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने र आफूलाई पार्टीले मन्त्री बनाए पाएको जिम्मेवारी पुरा गर्ने उनले बताए । अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने उनले बताए।

प्रकाशित मिति : २०७४ फाल्गुन १२ गते शनिवार